सम्राट सिंह/भदौ १६, बझाङ । गतबर्षहरुमा सधै प्याजको अभाव हुने बझाङ जिल्लामा यसबर्ष भने बजार नपाउँदा झण्डै ५० टन प्याज कुहिने अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ १६, बझाङ । गतबर्षहरुमा सधै प्याजको अभाव हुने बझाङ जिल्लामा यसबर्ष भने बजार नपाउँदा झण्डै ५० टन प्याज कुहिने अ"/>
2026-09-16 09:28 AM
काठमाडौँ - KTM

बझाङमा बजार नपाउँदा ५० टन प्याज कुहिने अवस्थामा

सम्राट सिंह/भदौ १६, बझाङ । गतबर्षहरुमा सधै प्याजको अभाव हुने बझाङ जिल्लामा यसबर्ष भने बजार नपाउँदा झण्डै ५० टन प्याज कुहिने अवस्थामा छ ।

स्थानिय प्याज भन्दा तराईबाट आयात भएको प्याजको बजारभाव सस्तो भएकाले करोडौ मुल्य बराबरको स्थानिय प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेको हो । लामो मेहनतपछि उत्पादन गरेको प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेपछि बझाङका कृषकहरुमा चिन्ता छाएको छ । 

बजार नपाउँदा उत्पादन गरेको प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेको सुवेडाका कृषक रामप्रसाद जोशीले बताए । सुवेडामा मात्र करिब ३० टन प्याज बिक्री नभएर थन्किएको उनको भनाई छ । 

जयपृथ्वी नगरपालिकाको सुवेडा, चैनपुर, हेमन्तवाडा, लुयाटा, रिठापाटा र पाराकाट्ने,दंगार्जी एवं रायल लगायतका गाविसका कृषकहरुले उत्पादन गरेको प्याज बिक्री नहुँदा थन्किएको हो । 

तराइबाट ढुवानी सहित १९ रुपियाँ प्रतिकिलो बझाङमा पुग्ने गरेको र स्थानिय कृषकहरुले २३ रुपियाँ भन्दा कममा बिक्री नगर्दा प्याज थन्किएको सदरमुकाम चैनपुरका तरकारी व्यापारी लोक बहादुर वलीले बताए । उनले भने बजार माग भन्दा उत्पादन धेरै भएकाले प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेको हो ।

कृषकहरु तरकारी खेतीमा उन्मुख भएपछि हरेकबर्ष बाहिरी जिल्लाबाट तरकारी भित्रिने बझाङ जिल्लामा यसबर्ष भने  बाहिरी जिल्लाबाट भित्रिने तरकारीमा कमी आएको छ । 

धान र गहुँ खेतीमा मात्र उन्मुख भएका बझाङका कृषकहरु तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन ।

उत्पादन भएको प्याज कुहिने डरले सम्पूर्ण कृषकहरुले घरको छत अथवा खुल्ला ठाउँमा फिँजेर राखेका छन । फिँजेर राखेको प्याजको पनि टुसा पलाउन थालेपछि कृषकहरुले बजारका लागि कृषि विकास कार्यालयलाई पहल गरीदिन अनुरोध समेत गरेका छन । जिल्लामा कोल्ड स्टोर नहुँदा करोडौको प्याज कुहिने अवस्थामा पुग्दा समेत सरोकारवालाको भने बजारको लागि पहल गरेको छैन ।

माग भन्दा उत्पादन बढी भएकाले प्याज थन्किएको जिल्ला कृषि विकास कार्यालय बझाङका जेटिए मदनराज जोशीले बताए । उनले भने बिक्री नभएर प्याज थन्किएको कुरा माथिल्लो निकायमा जानकारी गरी सकेको छु तर कुनै जवाफ आएको छैन । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु