असोज ४ पोखरा । एमाले अध्यक्ष केपी शर्मा वलीले पोखरामा युवा ब्यवशायी द्धारा सञ्चालित पशुफर्मको अवलोकन गरेका छन ।

वलीले युवा ब्यवशायी तथा समाजसेवी राजेश गुरुङले पोखरा १४ बी.पी मार्गमा सञ्चालन गरेको माता मनकामना पशु फर्मको सोमबार अवलोकन गरेका हुन ।

उक्त फर्मको अवलोकन गर्दै युवा पुस्ताले आफ्नो पुख्र्यौली पेशा पशुपालनलाई आधुनिक ढंगले सञ्चालन गरेर युवाहरुलाई पशुपालन तर्फ आकर्सित गराउन सफल भएको वताए । आधुनिक ढंगले नेपालमानै पसुपालनको क्षेत्रमा लगानी गर्न सकेको खण्डमा मुलूकले बाहिरी देशबाटपशुबाट उत्पादन हुने बस्तुहरु आयात गर्नमा कमी हुने र मुलूकको अर्थ ब्यवस्था पनि राम्रो हुने वताउदै पुर्व प्रधान मन्त्री समेत रहेका वलीले अन्य युवाहरुले पनि राजेश गुरुङ जस्तो युवा बाट पाठ सिक्नुर्ने वताए ।

मुलूकमा अझैपनि पुरानै ढंगबाट पशुपालन गर्ने गरिरहेको वताउदै पशुपालनलाई अवका दिनमा आधुनिक ढंगले सञ्चालन गरी मनग्य फाइदा लिन सकिने वलीले वताए । पशुपालन आफैमा गा¥हो भएतापनि आधुनिक ढंगले सञ्चालन गर्नेहोभने ग्रामीण भेगमा मात्र नभइ बजारमा पनि यो पेशा सहजै रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण युवा ब्यवशायी राजेश गुरुङबाट पाठ सिक्नुपर्ने उनको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै नेपालकैथुलो भैसी फर्म सञ्चालक कास्कीका इमान सिंङ गुरुङले आफुबाट युवा ब्यवशायी राजेश गुरुङले भैसी पालन प्रति अभिप्रेरित भएको वताए । उनले आफुले गाइपालन भन्दापनि भैसी पालनबाट फाइदा हुने भएकाले भैसी पालनलाई प्राथमिकता दिएको वताए । राजेश गुरुङ जस्ता युवाहरुले भैसी पालनलाई प्राथमिकता दिने होभने विदेशी भुमिमा भन्दा आफ्नै भुमिमा बसेर मनग्य फाइदा उठाउन सकिने उनले वताए ।

एमाले अध्यक्ष केपी वलीले गरे पशुफर्मको अवलोकन