थाइल्याण्डमा एकै परिवारबाट तेस्रो प्रधानमन्त्री पाइतोङटार्न निर्वाचित
भदौ १, काठमाडौँ । थाइल्याण्डको संसदले पाइतोङटार्न सिनावात्रालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । उनी पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । ३७ वर्षीय पाइतोङटार्न देशको ३१ औँ प्रधानमन्त्री बनेकी छन्...