2026-09-08 01:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

‘मलेसिया र खाडी मुलुकमा काम गरेर फर्किएका नेपालीमा मिर्गौलाको समस्या धेरै’

असोज २५, धनुषा | धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुन सक्ने देखाएको छ। 

बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोवास गर्नेभन्दा खाडी मुलुक र मलेसियामा काम गरेर फर्किएका आप्रवासी नेपालीमा मिर्गौलाकाे समस्या बढी हुन सक्ने देखाएको हो।

अध्ययनका क्रममा दुई वर्ष खाडीका ६ मुलुक (कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन) र मलेसियामा काम गरी फर्किएका, तर नेपाल फर्किएको एक वर्ष पूरा नगरेका आप्रवासी र नेपालमै रहेका नागरिकबीच तुलना गरिएकामा त्यस्तो देखिएको अनुसन्धानकर्ता टोलीमा सहभागी डा. निर्मल अर्यालले जानकारी दिए। 

उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका सात सय १८ जना (सबै पुरुष) र नेपालमै रहेका सात सय २० जना (तीन सय ७० पुरुष र तीन सय ४१ महिला) स्थानीयबीच तुलना गरिएको थियो।

मिर्गौलाको अवस्था जनाउने सबैभन्दा महत्वपूर्ण परीक्षण मानिने ‘ग्लोमेरुलर फिल्ट्रेसन रेट’को क्षमता जाँच गरिएकामा आप्रवासीमा ५.८ प्रतिशत र गैरआप्रवासीमा ३.६ प्रतिशत कमी देखिएको डा. अर्यालले जानकारी दिए। 

‘गैरआप्रवासीमा पनि कहिल्यै विदेश नगएका पुरुष र महिलाभन्दा पूर्वआप्रवासीमा बढी समस्या देखिएको छ। त्यसैगरी, रगतमा क्रियटिनिनको औसत पनि गैरआप्रवासीभन्दा आपवासीमा बढी देखिएको छ। उक्त परीक्षणले रगतमा क्रियटिनिन भन्ने तत्वको मात्रालाई हेरी मिर्गौलाले एक मिनेटमा कति मात्रामा रगत छान्दछ भन्ने निर्क्याेल गर्दछ र घट्दो दरले मिर्गौलाको कार्यक्षमतामा कमी आएको मानिन्छ। यसले पनि आप्रवासीमा बढ्दो मिर्गौला समस्याको संकेत गर्दछ,’ डा. अर्यालले भने।  

यस्तै, मिर्गौला रोगको अर्को परीक्षण पिसाबमा प्रोटिनको मात्रा भने आप्रवासीभन्दा गैरआप्रवासीमा बढी देखिएको छ। खासगरी गैरआप्रवासी महिलामा यो समस्या बढी देखिएकाले यसको कारकतत्व खोज्न छुट्टै अध्ययन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ।

त्यसैगरी अध्ययनले खाडी मुलुक र मलेसियाबाट फर्किएका नेपाली आप्रवासीमा स्थानीय गैरआप्रवासीको तुलनामा उच्चरक्तचाप (आप्रवासी ३८ प्रतिशत, गैरआप्रवासी १९.४ प्रतिशत), मधुमेह (आप्रवासी ७४ प्रतिशत, गैरआप्रवासी ४.७ प्रतिशत) र बढीतौल वा मोटोपन (आप्रवासी ६७४ प्रतिशत, गैरआप्रवासी ४९ प्रतिशत) को जोखिम निकै बढी रहेको देखिएको छ। 

डा. अर्यालका अनुसार मिर्गौलाको रोगको जोखिम उच्च भएकामा सबैभन्दा धेरै लामो समयसम्म एकै स्थानमा काम गरेका कामदार, सुरक्षागार्ड र सवारीचालक, प्रत्यक्ष घाममा, आउटडोर, धुलो–धुवाँमा काम गर्ने कामदारमा समेत यो समस्या धेरै पाइएको छ।

यस अध्ययनका सिलसिलामा रगत र पिसाबको नमुना लिइएको र त्यसपछि प्रश्नावली सोधिएको थियो। अनुसन्धान टोलीका अर्का सदस्य एवं मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका प्रमुख डा. श्रवणकुमार मिश्रका अनुसार अध्ययनमा सहभागी करिब ९० प्रतिशत कतार, साउदी अरब र मलेसियामा कार्यरत थिए भने दुईतिहाईभन्दा बढी निर्माण र उद्योग क्षेत्रमा कार्यरत थिए। 

त्यसैगरी, सहभागी आप्रवासीले औसतमा दैनिक १०.७ घन्टा काम गर्ने गरेको र ३०.९ प्रतिशतले औसतमा महिनाको एक दिन पनि बिदा नलिने गरेको बताएका थिए। यस्तै, २४.८ प्रतिशतले शारीरिक रूपले भारी र लगभग आधा सहभागीले ९४.४ प्रतिशत गर्मीमा काम गर्नुपरेको, करिब ९७ प्रतिशत आप्रवासी सहभागीले काम गर्ने ठाउँमा पिउने पानी र शौचालयको सुलभ सुविधा रहेको बताएको डा. मिश्रले जानकारी दिए। 

‘आप्रवासी मात्रै होइन, उहाँहरूको परिवारका सदस्य (विशेषगरी श्रीमती) मा पनि विभिन्न तनावका कारण धेरै समस्या हुन सक्ने देखिन्छ। यसर्थमा आप्रवासीमा उच्च रक्तचाप, मधुमेह र बढी तौल वा मोटोपन देखिएकाले ती देशमै यससम्बन्धी सचेतना जगाउन आवश्यक छ। त्यसका लागि नेपाली दूतावास र आप्रवासीको हकहितका लागि काम गर्ने संघसंस्थाले पनि विशेष पहल गर्नुपर्छ,’ डा. मिश्रको भनाइ छ। 

बर्नमथ विश्वविद्यालय र ग्रिनतारा नेपाल नामक गैरसरकारी संस्थाले बेलायतस्थित द कोल्ट फाउन्डेसनको आर्थिक सहयोगमा गरेको यस अध्ययनमा मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला, संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) र बेलायतकै युनिभर्सिटी कलेज लन्डन (युसिएल) ले सहयोग गरेको जनाइएको छ । यस प्रकारको अध्ययन समुदायस्तरमा आप्रवासी नेपाली कामदार र गैरआप्रवासीबीच पहिलोपटक भएको दाबी गरिएको छ। 

अनुसन्धानमा प्रमुख अनुसन्धानकर्ताको रूपमा डा. प्रमोदराज रेग्मी (बर्नमथ विश्वविद्यालय, बेलायत) र उनको टिममा अनुसन्धानकर्ता डा. निर्मल अर्याल, प्रा.डा. एडबिन भान तेजलिन्जिन, प्रा.डा. अरुण सेढाईं, डा. राधेश्यामकृष्ण केसी र डा. श्रवणकुमार मिश्र सहभागी भएको ग्रिनतारा नेपालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल