४ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

विदेसबाट रेमिट्यान्स पठाएर एक करोड जितेकी प्रमिलालाई चेक हस्तान्तरण

१६ मंसिर २०८१, आईतवार ०८:४६

टोकियो । ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाबाट जापानकि प्रमिलाले एक करोड रकम राशी जितेकी थिइन् । प्रमिलालाई सनिबार जापानको टोकियो स्थित नाकानो सिकिनो मोरी पार्कमा आयोजित नेपाल फेस्टिवलको अवसरमा एक करोडको चेक हस्तान्तरण गरिएको हो ।

बिजेता प्रमिलालाई कार्यक्रमको अवसरमा जापानका लागि नेपाली राजदुत दुर्गा बहादुर सुवेदी, आईएमई लिमिटेडका तर्फबाटशुसिल थापा र क्योदाई जापानका युचिरो किमोतो तथा कसिको कानीमोतो किमोतोले एक करोडको चेक हस्तान्तरण गरे । आईएमईले बिदेसबाट आईएमई मार्फत रेमिट्यान्स पठाउन प्रोत्साहन गर्ने उदेश्यले एक बर्ष अघिदेखि आइएमई मार्फत रकम पठाउनेलाई एक करोड प्रदान गर्ने घोषणा गरेको थियो । यसका साथै हर्क महिना १/१ जनाले एक लाख राशिको नगद उपहार जित्दै आएका थिए ।

रोकायाले जापानको क्योदाइबाट आइएमईमार्फत नेपालमा रकम पठाएकी थिइन् । आइएमईले गत वर्षको दशैँ अगाडि प्रारम्भ गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत रोकाया भाग्यशाली सेवाग्राही छनोट भएकी थिईन् ।

एक करोड जितेर आइएमई मार्फत चेक प्राप्त गरेको खुसियालीमा बिजेता प्रमिलाले जितेको पैसाले घर बनाउने बताएकी छन् । प्रमिलाले भनिन् ‘रेमिट्यान्स गर्दा भाग्य चम्कियो, अब घर बनाएर बा-आमालाई राख्छु ।’

आईएमई गरि आईएमई पे वालेट, बैंक खातामा रकम जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी थिए । विदेसमा रहेका नेपालीहरुलाई बैधानिक च्यानलबाट मात्र रकम पठाउन प्रोत्साहन गर्ने उदेश्यले आईएमईले यस्तो स्किम सार्वजनिक गरेको जनाएको छ । आइएमई लिमिटेडमा अध्यक्ष हेमराज ढकालले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिट्यान्सबाट रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्दमशीलतामा लगाउन प्रोत्साहन गर्ने उदेश्यले प्रत्यक वर्ष आईएमईले बिभिन्न क्याम्पियनहरु संचालन गर्दै आएको बताएका छन् ।

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी दिगो अर्थतन्त्रको आधार निर्माण गर्न देश विदेशमा काम गरी रकम कमाउने जनशक्ति, रेमिट्यान्स प्राप्त गर्ने घर परिवार, समुदाय र नीति निर्माण तहको समेत ध्यान केन्द्रित गर्न आईएमईले यो वर्ष ‘आईएमई गरौँ’ अद्दमी बनौं’ योजना मार्फत आव्हान गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. निकोलस भुसाललाई बयानका लागी आज अदालत पेस गरिँदै आज दुई संसदीय समितिको बैठक बस्दै विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायी प्रेम घलेको निधन शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति? यस्तो रहने छ आजको मौसम अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै