2026-07-11 04:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीमा समस्यामा परेका १२ नेपालीहरुको विषयमा खण्डन तथा स्पष्टिकरण

जेठ १५, काठमाडौँ | साझा सबाल मिडियाले बुधबार अपडेट गरेको 'टर्कीमा १२ जना नेपालीहरु समस्यामा, सहयोगको याचना' शिर्षकको समाचारप्रति आपत्ति जनाउदै खण्डन प्राप्त भएको छ । 

साझासबाल मिडियाले बुधबार टर्कीमा रोजगारीको क्रममा पुगेका नेपालीहरुले आफूहरु समस्यामा परेको भन्दै उद्दारको लागि अनुरोध गरेको बिषयलाई उठान गरि समाचार तयार पारेको थियो । कोरोना महामारीको बीच लामो समय टर्कीमा बसेका पिडितहरुले आफूहरुले खान नपाएको र बस्नको लागि समेत समस्या रहेको भन्दै सहयोगको याचना गरेका थिए । तर यो विषयमा आएको समाचारप्रति खण्डन प्राप्त भएको छ । खण्डनमा समाचारमा उल्लेख भएका १२ जना नेपालीहरुले बारम्बार सहयोग प्राप्त गरेको भन्दै मिडियालाई ध्यानाकर्षण गराइएको छ ।

खण्डनमा इस्तानबुल बाहिर र इस्तानबुल मै पनि टाढा रहनु भएको केही साथीभाईहरुसम्म पुग्न नसकेको स्वीकार गर्दै समाचारमा उल्लेखित व्यक्तिहरुले भने प्रयाप्त राहत पाएको उल्लेख छ । खण्डनमा टर्कीको इस्तानबुलमा कोरोना महामारीको कारण समस्यामा परेका नेपालीहरुलाई टर्कीमा रहेका सहयोगी नेपालीहरु, आंकराका चेलीबेटीहरु, NRNA र विशेष गरि Nepal Turkey Friendship And Culture Association मार्फत डा. विनोद शाह ज्युले सबैलाई राहत, घरभडा लगायत अत्यावस्यक चिजबिजहरु समेत उपलव्ध गराउदै आउनुभएको जानकारी गराइएको छ । 

समाचारका विषयमा साझा सबाल मिडियाको स्पष्टिकरण 

बुधबार यस मिडियाले 'टर्कीमा १२ जना नेपालीहरु समस्यामा, सहयोगको याचना' शिर्षकको समाचार अपडेट गरेपछि टर्कीमा रहेका कन्सुलर कार्यालय, गैरआवासीय नेपाली संघ र सहयोगी नेपालीहरुको ध्यानाकर्षण गराएका छन् । हामीले समाचारको केहि बिषयमा खण्डनपक्षको बिपत्ति रहेको बिषयलाई समेटेर त्यसको स्पष्टिकरण दिएका छौं ।  

कोरोना संक्रमणको महामारीको बीच बिभिन्न देशमा लाखौँ नेपालीहरु सानो-ठूलो समस्यामा छन् । त्यस समस्यालाई समाधानको लागि बिभिन्न देशमा नेपाली सहयोगी हातहरु, गैरआवासीय नेपाली संघ, कन्सुलर कार्यालयहरु र दुतावासहरुले सक्दो भूमिका खेलिरहेका छन् । यो सन्दर्भमा यस साझा सबाल मिडियाले पनि आफ्नो बलबुताले बिभिन्न देशमा समस्यामा रहेका र सम्बन्धित निकायको नजरमा नपरेका वा पिडितहरुले याचना गर्न नसकेका तथा नजानेका अवस्थामा पिडितहरुलाई सक्दो जानकारी तथा सूचना दिएर सहयोग गर्ने गरेको छ । साथै यस मिडियाले प्रवासमा रहेका नेपालीहरुको बिषयलाई समेट्दै समाचार सामग्रीहरु तयार पार्ने गरेको छ । जसको कारण समस्यामा रहेका नेपालीहरुको पहिचानमा बिभिन्न निकायहरुलाई सहयोग मिलेको छ । 

यसैबीच कार्यसम्पादनको क्रममा हामीलाई प्रवासबाट साप्ताहिक सयौं नेपालीहरुले आफ्नो समस्या तथा गुनाशो हाम्रो मोवाइल एप 'वैदेशिक रोजगार' तथा इमेलमार्फत पठाउने गरेका छन् । यही क्रममा टर्कीमा रहेका नेपालीहरुले आफ्नो समस्याको बिषयमा हामीलाई मे ४ तारिकका दिन आफूहरु समस्यामा रहेको भन्दै जानकारी दिएका थिए । उनीहरुले सो मितिमा दिएको जानकारीलाई नै आधार मानेर हामीले फलोअप गर्दै समाचार तयार पारेको हौँ । उक्त सूचना तथा समाचारमा टर्कीमा रहेको कुनैपनि निकायलाई आक्षेप लगाइएको छैन । पिडितहरुले साथीहरुको सहयोगमा त्यसदिनसम्म टर्कीमा रहेको जानकारी दिएका थिए । त्यस गुनाशो हामीलाई प्राप्त भएपछि मे ७ का दिन हामीले गुनाशोकर्तालाई इमेलमा लेखेका छौं 'डिटेलमा तपाईहरुको समस्या, अहिलेको अवस्था र तश्वीरसहित पठाउनुहोला समाचार प्रकाशन गर्छौ ।' त्यसै आधारमा पिडितहरुले आफ्नो नाम र पासपोर्ट नम्बर सहित पठाएको इमेल हामीले ढिला गरि भेट्यौं । पिडितहरुले आफ्नो पासपोर्ट नम्बर सहित तश्वीर र गुनाशो पठाएपछि हामीले उहाँहरु वास्तविक समस्यामा छन् भन्ने बुझेर समाचार प्रकाशन गरेका हौँ । पिडितहरुले हामीलाई दिएको जानकारीमा कसैलाई पनि आक्षेप लगाएका छैनन् । 

यस मिडियाले सयौं गुनाशो हेर्ने क्रममा र त्यसको समाधान तथा ध्यानाकर्षण गर्ने क्रममा ढिला गरि उक्त इमेल हेरेको र त्यस आधारमा समाचार तयार पारेको स्पष्टिकरण दिन चाहन्छौं । साथै समाचार प्रशारण गर्नुअघि पिडित पक्षले दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न खोज्दा तथा भाइवरबाट समेत सम्पर्क गर्ने कोसिस गर्दा सम्पर्क हुन सकेन । पिडितहरुले टर्कीमा दुतावास नभएको र साथीको सहयोगमा टर्कीमा बसेको जानकारी दिनुभएकाले त्यसैलाई आधार मानि समाचार तयार पारेका हौँ ।  

अन्यथा पिडितहरुले त्यो मिति पछि राहत पाएको विषयमा हामीलाई अपडेट दिनुभएको छैन । पुर्व-सूचनालाई आधार मानेर समाचार बनाउदा र पिडितहरुको वर्तमान अवस्थाबारे जानकारी लिन असमर्थ हुँदा समाचारप्रति सम्बन्धित निकाय तथा अधिकारीहरुको खण्डन आएको हो र समाचारप्रति आएको खण्डनलाई हामीले स्वीकार गर्दै आगामी दिनहरुमा यस्ता प्रकृतिको समाचारलाई हाम्रो साधान-स्रोतले भ्याएसम्म सन्तुलित बनाउने प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्दछौं । 

अत: सम्प्रेषित समाचारमा खण्डन गर्ने पक्षलाई कुनै आक्षेप लगाइएको नहुँदा, साथै उक्त समाचारको बिषयमा खण्डन आएकाले उक्त समाचारको तल यो खण्डन/स्पष्टिकरणको शिर्षक/लिंक अपडेट गरिने व्यहोरा जानकारी गराउन चाहन्छौं । साथै पिडित पक्ष अझै पनि पिडितनै छ । कोरोना महामारीको बीच उनीहरुमा स्वदेश फर्कन नपाएको पिडा तथा आगामी दिनमा के खाने कसरी बस्ने भन्ने चिन्ता कायमनै छ । उहाँहरुलाई सरकारले नेपाल फर्काउने निर्णय गरेलगत्तै प्राथमिकतामा राखेर नेपाल फिर्ता गराउन तपाइँहरुकै महत्वपूर्ण सहयोगको अपेक्षा गर्दछौं । साथै सन्दर्भमा तपाइँ टर्कीमा रहेका सहयोगी हातहरु, व्यक्तिहरु, अधिकारीहरु, एनआरएनए, कन्सुलर कार्यालय र टर्की हेर्ने दुतावासलाई कोरोना महामारीको बीच उक्त देशमा रहेर समस्यामा परेका नेपालीहरुलाई सक्दो सहयोग गरिरहनु भएकोप्रति विशेष आभार व्यक्त गर्दै उक्त कार्यलाई निरन्तरता दिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं । 

सम्पादक

अनिल अधिकारी

साझा सबाल मिडीया 

२०७७ जेठ १२ गते


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो