कृष्ण खनाल/कात्तिक २४, बुटवल । खाद्यान्न उत्पादनमा देशकै नमुना जिल्लाको रुपमा पहिचान बनाएको रुपन्देहीले  उत्पादनको करिव ३८ प्रशित खाद्यान्न बचत गरी विभिन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण खनाल/कात्तिक २४, बुटवल । खाद्यान्न उत्पादनमा देशकै नमुना जिल्लाको रुपमा पहिचान बनाएको रुपन्देहीले  उत्पादनको करिव ३८ प्रशित खाद्यान्न बचत गरी विभिन्न "/>
2026-09-18 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुपन्देहीबाट ३८ प्रतिशत खाद्यान्न निर्यात

कृष्ण खनाल/कात्तिक २४, बुटवल । खाद्यान्न उत्पादनमा देशकै नमुना जिल्लाको रुपमा पहिचान बनाएको रुपन्देहीले  उत्पादनको करिव ३८ प्रशित खाद्यान्न बचत गरी विभिन्न जिल्लाहरुमा निर्यात गर्दै आएको छ ।

 जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको तथ्यांक अनुसार गत आर्थिक बर्षमा कुल ७३ हजार २ सय २५ मेट्रिक टन अर्थात कुल उत्पादनको ३८ प्रतिशत खाद्यान्न निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार जिल्लामा उत्पादन भएको खाद्यान्न  यस क्षेत्रका पहाडी जिल्लाहरु लगायता तराईका अन्य जिल्लामा समेत निर्यात हुने गरेको छ । खाद्यान्नमा खासगरी धान, गहु उत्पादनमा जिल्ला अब्बल जिल्लाको रुपमा पहिचान बनाएको छ । 

देशमा झापा जिल्ला पछि सबैभन्दा बढि धान उत्पादन  हुने जिल्लाको रुपमा रुपन्देही जिल्ला पर्दछ । जिल्लाको जनसंख्या वृद्धिदर उच्च रहेको कारण यहि अनुपातमा जनसंख्याको वृद्धि भएमा अवको १५ बर्षमा खाद्यान्न अपुग हुन सक्ने अनुमान जिल्ला कृषि विकास कार्यालय ले गरेको छ ।  बरिष्ठ कृषि विकास अधिकृत सापाकोटा भन्छन्–‘यहि अनुपातले जनसंख्या वृद्धि भएमा अहिले निर्यात गरेको खाद्यान्न, जिल्लाले पुन आयात गर्नुपर्ने स्थीति आउन सक्छ ।’

६९ हजार ६ सय क्षेफलमा धान खेती हुदै आएकोमा ४.६ प्रति हेक्टर उत्पादन हुदै आएको छ । यस्तै जिल्लाको दोस्रो स्थानमा उत्पादन बढि हुने गहुँ कुल ३० हजार हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा बर्षिक उत्पादक प्रति हेक्टर २.५  मेट्रिक टन उत्पादन  रहेको छ । 

यस्तै मकै २ हजार ४ सय  ९० हेक्टरमा खेती गरिएकोमा प्रति हेक्टर ४.०४ मेट्रिक टन उत्पादन हुदै आएको छ । तेलहन वाली ७ हजार ४ सय ३७ हेक्टरमा खेती गरिएकोमा कुल प्रति हेक्टर ०.६७ प्रति हेक्टर, दलहन ७ हजार ५ सय ६० हेक्टरमा खेती गरिएकोमा प्रति हेक्टर०.७९  मेट्रिक टन उत्पादन भएको छ ।  जिल्लाको समग्र उत्पादनमा दलहन, तेलहन वालीको उत्पादन कमी भएपनि अन्यको उत्पादन राम्रो भएको कारण जिल्लाले कुल उपभोगबाट खाद्यान्न निर्यात गर्न सफल भएको छ । 

गत बर्षको तथ्यांक अनुसार जिल्लामा तरकारी ४ हजार ७५ हेक्टरमा खेती गरेकोमा कुल प्रति हेक्टर २१.०४ मेट्रिक टन उत्पादन भएको थियो,  यस्तै आलु ३ हजार ९ सय २० हेक्टरमा खेती भएकोमा कुल प्रति हेक्टर १२.५  मेट्रिक टन उत्पादन भएको पाइएको छ ।  यस्तै माछा कुल ९ सय ३५ हेक्टरमा पालन गर्दै आएको प्रति हेक्टर ४.८ मेट्रिक टन उत्पादन हुदै आएको छ । 

संभावनाका विचमा जिल्लामा कृषि क्षेत्रमा धेरै समस्याहरु समेत रहेको पाइएको छ । कुल क्षेत्रफलको ७०.१८ प्रतिशत क्षेत्रफलमा सिंचाई सुविधा पुगेको भएता पनि अधिकांश क्षेत्रमा बर्षा भएमात्र सिंचाई सुविधा उपलब्ध हुने गरेको कारण सिंचाहीको समस्या रहेको छ । 

कृषि विकास कार्यालयरुपन्देहीका कृषि प्रसार अधिकृत नविन भण्डारीका अनुसार सिंचाई पुगेको कुल क्षेत्र मध्ये जम्मा १२.५ प्रतिशत क्षेत्रफलमा मात्र बाह्रै महिना सिंचाईको सुविधा उपलब्ध हुने गरेको छ । उनी भन्छन्–‘सिंहीको उचित व्यवस्था नभएको कारण जिल्ला भित्र सघन रुपले कृषि बालीहरुको खेती प्रर्वद्धन गर्न समस्या रहेको छ । 

यस्तै,  कृषिको व्यवसायिकरण तथा विविधिकरणका लागि गुणस्तरीय कृषि सामग्रीको आपूर्ति सुनिश्चितता हुन नसक्नु,  कृषि विकासका लागि आवश्यक पूर्वाधारहरु पर्याप्त मात्रामा विकास हुन नसक्नु,  कृषि पेशा सम्मानित एवं मर्या्दित पेशाको रुपमा विकसित हुन नसक्दा युवावर्गको यस क्षेत्रवाट पलायन हुनु पनि जिल्लाको कृषि क्षेत्रका समस्याहरु रहेको उनको भनाई रहेको छ । 

 जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका वालि विकास अधिकृत विनोद भण्डारीका अनुसार छिमेकी देशमा चर्को अनुदान प्राप्त गरी उत्पादित भएका कृषि उपजसंग प्रस्तिस्पर्धा गर्न कृषि उत्पादनको लागत न्यूनिकरण गर्न सकिएको छैन, यस्तै कृषि क्षेत्रमा बढीरहेको भूमिको खण्डीकरण तथा श्रमशक्तिको पलायन रोकी देशमै उत्पादन गराउन सकेमा कृषि क्षेत्रमा केही विकास हुन्छ । उनी भन्छन्–कृषि योग्य जमिन घडेरीकरण हुने क्रमलाई रोकी बैज्ञानिक रुपले खेती प्रबर्द्धन गर्न सक्नु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई