Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

३५ दिन भित्र आचारसंहिता विपरीत बनेका घर भत्काउनुपर्ने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर २, पोखरा । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले आचारसंहिता विपरीत बनेका घर भत्काइने चेतावनी दिनुभएको छ ।&nbsp;</p><p>पोखरा नगर रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (सिटी रेबान)द्वारा आजदेखि पोखरा रङ्गशालाको प्राङ्गणमा सुरु भएको पाँचौँ सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलको उद्घाटन गर्दै उहाँले जथाभाबी बनाइएका घर ३५ दिनभित्र आफै नभत्काए आफू जो कोहीको राजनीतिक दबाबमा नपर्र्ने बताउनुभयो । नियम विपरीतका काम कसैको प्रलोभन र कुनै पनि शक्तिले प्रभावित पार्न सक्दैन भन्दै मन्त्री केसीले सरकार जनताको भावनानुसार निर्णय गर्छ भन्नुभयो ।&nbsp;</p><p>उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यासको काम अब छिट्टै अघि बढ्ने बताउँदै पोखरा र लेखनाथ नगरपालिकालाई मिलाएर पोखरा उपत्यका प्राधिकरणको गठन गरी गुरुयोजना बनाएर समग्र विकास गरिने जानकारी गराउनुभयो ।&nbsp;</p><p>सो अवसरमा सांसद शारदा पौडेलले महोत्सवले पर्यटन व्यवसाय फस्टाउनाका साथै पोखराको चिनारी गराउन टेवा पुग्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले राजनीतिक समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन अघि नबढ्ने विचार व्यक्त गर्नुभयो । महोत्सव यही मङ्सिर १२ गतेसम्म चल्नेछ । रासस&nbsp;</p>