गोविन्द बिश्वकर्मा | मंसिर ९,  सुर्खेत । सुर्खेतका एकल महिलाहरु सिप सिकेर ब्यवसायिक हुन थालेका छन् । एकल महिलाहरुको हितमा काम गर्ने संस्था मानव अधिकारका लागी मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोविन्द बिश्वकर्मा | मंसिर ९,  सुर्खेत । सुर्खेतका एकल महिलाहरु सिप सिकेर ब्यवसायिक हुन थालेका छन् । एकल महिलाहरुको हितमा काम गर्ने संस्था मानव अधिकारका लागी मह"/>
२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ब्यवसायिक बन्दैं सुर्खेतका एकल महिला

२०७३, ९ मंसिर बिहीबार ११:३६

गोविन्द बिश्वकर्मा | मंसिर ९,  सुर्खेत । सुर्खेतका एकल महिलाहरु सिप सिकेर ब्यवसायिक हुन थालेका छन् । एकल महिलाहरुको हितमा काम गर्ने संस्था मानव अधिकारका लागी महिला, एकल महिला समुह वीरेन्द्रनगर १७ लाटीकोईली सुर्खेतको सहयोगमा स्थानिय एकल महिलाहरु सिप सिकेर स्वरोज बन्न तर्फ उन्मुख भएका हुन् । 

समग्र महिलालाई स्थानिय स्तर देखि निर्णायक तहसम्म पहुँचमा पुर्याउने, महिला सशक्तिकरण गर्ने, अधिकारका बिषयमा गाउस्तरसम्म सचेतना फैलाउने, क्षमता बिकास सम्बन्धि तालिमहरु सञ्चालन गर्दै आएको एकल महिला समुहले स्थानिय एकल महिलालाई ब्यवसायिक तालिम दिएर स्वरोजगार बनाउन तर्फ बढाएको छ । वि.स २०६० सालमा स्थापना भएको संस्थामा अहिलेसम्म करिव २ हजार ९ सय ८० जना बढी सदस्य रहेका छन् । बिशेष गरी एकल महिलालाई लक्षित कार्यक्रम गर्ने संस्थाले श्रीमान बिहिन भएका एकल महिलालाई विभिन्न सिपमुलक तालिम दिने गरेको एकल महिला समुह सुर्खेतकी अध्यक्ष सितल सिंह राठौरले बताईन् । एकल महिलालाई पनि पाँच बर्गियतमा राखेको भन्दै श्रमिानको मृत्यूपश्चात एकल भएका र मेरो कोहि छैन केहि छैन भन्ने भावना भएका एकल महिलालाई सहयोगीको पुल बन्न सफल भएको उनको दावी छ । 

श्रीमान नभएका एकल महिला बाहेक बिवाह नै नगरी बसेका एकल महिला, सम्बन्ध विच्छेद गरेर बसेका एकल महिला, श्रीमानबाट छुट्टै अंक लिएर बसेका एकल महिला र श्रीमान हुँदा हुँदै पनि एक्लै बसेका महिलाहरुलाई राज्यले कुनै सहयोग गर्ने नियम छैन । तर यस्ता एकल महिलाहरुका लागी पनि एकल महिला समुह सुर्खेतले पहल गर्ने योजना बनाएको राठौरको भनाई छ । 

चालु आर्थिक बर्ष २०७३/७४ मा एकल महिला समुहाको पहलमा सुर्खेतको बजेडीचौरका महिला कृषकलाई ४० वटा बाख्रा र एक उन्नत बोका वितरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालय सुर्खेतको सहयोगमा २० बाख्रा र एक उन्नत जातको बोका सहयोग गरेको र एकल महिला समुह सुर्खेतको सहयोगमा बाख्रा वितरण गरिएको हो । 

गत आर्थिक बर्ष २०७२/७३ मा ब्यसायिक च्याउ खेती, ब्युटीपार्लर तालीम, सिलाईकटाई लगायतका तालिमहरु सञ्चालन गरिएको राठौरले जानकारी दिईन् । दलित, आदिबासी जनजाती, मधेशी, मुस्लिम लगायतका ११ थरीका महिलाको प्रतिनित्व गर्ने संस्थाले एकल महिला सुरक्षा कोष तथा अन्य संघसंस्थाको सहयोगमा गत आवमा ३५ जना एकल महिलालाई आधुनिक ब्यवसायिक च्याउ खेतीको तालिम दिईएको थियो । 

कोषको २५ हजार र कृर्षि बिकास कार्यालय सुर्खेतको ५० हजार अनदान गरी जम्मा ७५ हजारमा ३५ जानलाई तालिम दिईएको अध्यक्ष राठौरले बताईन् । पहिलो पटक १५ जनालाई तालिम दिईएको र दोस्रो पटकमा २० जनालाई तालिम प्रदान गरिएको थियो । सामान्य रुपमा आधुनिक च्याउ भनेको के हो भन्ने जानकारी नभएका एकल महिलालाई एकै पटक तालिम दिएर दक्ष बनाएपछि राम्रो आम्दानी गर्न सकेको बताएका छन् । बजारमा लिएर बेच्न नसके पनि घरमा खाने र अलिअली छरछिमेकमा नै बेच्ने गरेको ब्यवसायिहरुले बताएका छन् । एकल महिला भएकै कारण बजारसम्म बोकेर लैजान नसकिने एक ब्यवसायि एकल महिलाले बताएकि छन् । 

चार जना महिलालाई सुन्दरता सम्बन्धि ब्युटीसियन तालिम पनि दिईएको थियो । तालिम लिएका चार जनामध्ये दुई जनाले आफ्नै लगानीमा ब्युर्टीपार्लर ब्यवसाय गरेर बसेका छन् भने एक जनाले अर्कैको पार्लरमा काम गर्दै आएको अध्यक्ष राठौरले जानकारी दिएकि छन् । यसरी दिनभरको कमाईले पनि महिलाहरु आत्म निर्भर बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु