२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रपतिद्वारा पतञ्जली आयुर्वेद उद्योगको उद्घाटन

२०७३, ९ मंसिर बिहीबार ११:४४

मङ्सिर ९, प्रसौनी (बारा)  राष्ट्रपति विद्यादेवी भण्डारीले जैविक विविधतायुक्त मुलुक नेपालमा रहेका महत्वपूर्ण जडीबुटीको संरक्षण गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । 

बारा जिल्लाको प्रसौनी–९ स्थित पतञ्जली आयुर्वेद प्रालिको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद उद्योग स्थापनाका कारण नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्ध अझ प्रगाढ भएको बताउनुभयो ।

उद्योगले नेपालमा गरेको लगानी द्विपक्षीय साझेदारीको नमुना बन्न सक्ने उहाँको भनाइ थियो । उद्योगको स्थापनाले रोजगारीको अवसर सिर्जना भई राष्ट्रलाई आन्तरिक रुपमा सक्षम बनाउन मद्दत पुगेको बताउँदै उहाँले यस कार्यका लागि योगगुरु बाबा रामदेव र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णलाई धन्यवाद दिनुभयो । 

सो अवसरमा कृषिमन्त्री गौरीशङ्कर चौधरीले उच्च पहाडी क्षेत्र जडीबुटीको खानी भएकाले यसलाई उद्योगका रुपमा सदुपयोग गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । योगगुरु रामदेवले अखण्ड नेपालको आर्थिक विकासमा पतञ्जलीले अग्रसरता देखाएको बताउनुभयो । 

एक वर्षभित्रै पतञ्जली उद्योगमा दुई हजार मानिसले रोजगारी पाउने र पाँच÷सात वर्षभित्रै पतञ्जलीको माध्यमबाट थप १० हजार नेपालीले रोजगार पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । आयुर्वेद शिरोमणि बालकृष्णले जडीबुटीमा धनी देश नेपालमा एक ‘रिचर्स सेन्टर’ खोल्ने आफ्नो चाहना रहेको बताउनुभयो । 

सो अवसरमा नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपाल–भारतको सम्बन्ध सरकार र व्यापारीबीच मात्र नभएर दुवै देशबीच सांस्कृतिक र वैवाहिक सम्बन्ध पनि रहेको र यो सम्बन्धलाई पतञ्जलीले प्रगाढ बनाएको बताउनुभयो । 


सो अवसरमा बाबा रामदेवले राष्ट्रपति भण्डारीलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने राष्ट्रपति भण्डारीले पनि योगगुरु रामदेव र आचार्य बालकृष्णलाई सम्मान गर्नुभएको थियो । 

पतञ्जलीद्वारा ५५ उपभोग्य सामान उत्पादन 

पतञ्जली आयुर्वेद उद्योगले ५५ किसिमका उपभोग्य सामान उत्पादन गर्दै आएको छ । 

उक्त उद्योग योगगुरु रामदेवको पतञ्जली योगपीठ र गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोको संयुक्त लगानीमा सञ्चालित छ । उद्योगले जडीबुटी प्रशोधन गरेर विभिन्न प्रकारका खाद्यवस्तुका साथै शृङ्गारका सामग्री उत्पादन गर्दै आएको छ । 

उद्योगलाई चाहिने कच्चा पदार्थमध्ये १० प्रतिशत नेपालमै उपलब्ध हुन्छ भने ९० प्रतिशत कच्चा पदार्थ र रसायन भारतबाट आयात हुने गर्छ । 

विसं २०७२ वैशाखको पहिलो सातादेखि उत्पादन थालेको यस उद्योगमा अहिलेसम्म रु एक अर्ब ६० करोड लगानी भइसकेको छ । उद्योगले वार्षिक करिब रु एक अर्ब बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ । एक वर्षपछि वार्षिक रु चार अर्बदेखि रु पाँच अर्ब सम्मको कारोबार गर्ने लक्ष्य उद्योगले लिएको छ । करिब नौ बिगाहा क्षेत्रफलमा उद्योग फैलिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ