दलसिंह गिरी

मंसिर २७ कालिकोट/कर्नालीमै पहिलो पटक कालिकोटमा घितोपत्रबारे जनचेतना अभिबृद्धि सम्बन्धि अभिमुखीकरण भएको छ । नेपालका विभिन्न आयोजना तथा वित्तिय लगानीमा कर्नाली क्षेत्रका बासिन्दाहरुको न्यून सहभागिता देखिएकाले धितोपत्रका ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी

मंसिर २७ कालिकोट/कर्नालीमै पहिलो पटक कालिकोटमा घितोपत्रबारे जनचेतना अभिबृद्धि सम्बन्धि अभिमुखीकरण भएको छ । नेपालका विभिन्न आयोजना तथा वित्तिय लगानीमा कर्नाली क्षेत्रका बासिन्दाहरुको न्यून सहभागिता देखिएकाले धितोपत्रका ब"/>

2026-09-16 11:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्नालीमै पहिलो पटक धितोपत्रबारे अभिमुखिकरण

दलसिंह गिरी

मंसिर २७ कालिकोट/कर्नालीमै पहिलो पटक कालिकोटमा घितोपत्रबारे जनचेतना अभिबृद्धि सम्बन्धि अभिमुखीकरण भएको छ । नेपालका विभिन्न आयोजना तथा वित्तिय लगानीमा कर्नाली क्षेत्रका बासिन्दाहरुको न्यून सहभागिता देखिएकाले धितोपत्रका बारेमा कर्नाली क्षेत्रका बासिन्दाहरुलाई अभिबृद्धि गराउन अभिमुखीकरण गरिएको हो ।

नेपाल धितोपत्र बोर्ड र उद्योग बाणिज्य संघ कालिकोटको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम मान्ममा आज आयोजित धितोपत्र सम्बन्धि जनचेतना अभिबृद्धि कार्यक्रम गरिएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. हिक्मत बहादुर कार्कीको नेतृत्वमा कालिकोट आएको टोली द्धारा उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष सूर्य बहादुर शाहीको अध्यक्षतामा संचालन गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपनिर्देशक अम्बिका प्रकाश गिरीले धितोपत्रको परिचय, यसको महत्व र यसको कामबारे कार्यक्रमका सहभागिहरुलाई जानकारी गराउनु भएको छ । 


अन्तरक्रियामा धितोपत्रबारे गरिएको जानकारी पश्चात सहभागिहरुले राखेको जिज्ञासा मेटाउदै नेपाल धितोपत्र बोर्डका अध्यक्ष कार्कीले कर्नालीमा लगानी गर्ने क्षेत्रमा अथाहा सम्भावना भएपनि यहाको स्थानीय समुदाय जागरुक नदेखिएकाले धितोपत्रबारे जिल्लावासीलाई जनचेतना जगाउन यो कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ । कर्नालीमा जडिबुटी, पर्यटन तथा जलविद्युतको अथाहा सम्भावना भएकाले अब यहाँकै समुदायले आफ्नै लगानीमा आयोजना संचालन गरी आर्थिकरुपमा समृद्ध हुन सकिने कार्कीले बताउनु भयो । 

कर्नाली क्षेत्रमा परापूर्व कालदेखि सम्पती ब्यापक भएपनि यसको आम्दानीमुलक प्रयोगको कमिका कारण पैसा घरको भित्ता, मुदुस, बाकस र जमिनमा राख्ने चलन यदाकदा अझै कायम रहेको बताउदै यसलाई सहि सदुयोग गरी लगानी गर्न सके कर्नालीकै विकास हुने कार्कीले बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यता, जिल्लामा कृयाशिल राजनैतिकदल, सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, नागरिक समाज, पत्रकार, स्थानीय ब्यापारीहरुको उल्लेख्य उपस्थीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु