दलसिंह गिरी/पुस २६, कालिकोट । जिल्लामा संचालन हुने अधिकांश भौतिक संरचनाका योजनाहरु निर्माण कार्य सुरु गर्नु पूर्व सम्बन्धित निकायले योजनाको सार्वजनिक सुनुवाई गरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/पुस २६, कालिकोट । जिल्लामा संचालन हुने अधिकांश भौतिक संरचनाका योजनाहरु निर्माण कार्य सुरु गर्नु पूर्व सम्बन्धित निकायले योजनाको सार्वजनिक सुनुवाई गरि"/>
२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नयाँ योजनाबारे कालिकोटका लक्षित समुदायलाई छर्लङ्ग पारियो

२०७३, २६ पुष मंगलवार १४:४६

दलसिंह गिरी/पुस २६, कालिकोट । जिल्लामा संचालन हुने अधिकांश भौतिक संरचनाका योजनाहरु निर्माण कार्य सुरु गर्नु पूर्व सम्बन्धित निकायले योजनाको सार्वजनिक सुनुवाई गरिनु पर्ने नेपाल सरकारको अवधारणा अनुसार साना सिचाई कार्यक्रमलद्धारा आज सिपखानामा संचालित योजनाको सार्बजनिक सुनुवाई गरिएको छ । 

सिपखाना गाविस वडा नं. २ अन्तर्गत बडलतोला कुलो सिचाई योजना निर्माणका लागि संम्झौता हुनु पूर्व सिपखानामै योजनाबारे सार्वजनिक सुनुवाई गरिएको हो । नेपाल सरकार र स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित साना सिचाई कार्यक्रम मार्फत सिपखानामा निर्माण हुन लागेको कुलोसिचाईबाट गरिब १ सय ४० घरधुरीको २७ हेक्टर जमिन सिचाई हुने साना सिचाई कार्यक्रमका सवईन्जिनियर अंक बहादुर नेपालीले बताउनु भएको छ । 

कुलो सिचाई निर्माण उपभोक्ता समितिका अध्यक्ष श्री डम्मर वहादुर शाहीको अध्यक्षता तथा ८० भन्दा बढी स्थानीय उपभोक्ताहरुको सहभागितामा गरिएको सार्वजनिक सुनुवाईमा ६ सय ३८ मिटर पक्की कुलो निर्माण गरिने र यसका लागि २ लाख १६ हजार ९ सय १२ रुपैया बरावरको जनश्रमदानका साथै ३३ लाख ५१ हजार ६ सय ४८ रुपैया बरावरको नगद अनुदान गरी कुल ३५ लाख ६८ हजार ५ सय ६० रकम बराबरको लागत रहेको सव इन्जिनियर नेपालीले बताउनु भएको छ । 

यसैगरी साना सिचाई कार्यक्रम द्धारा निर्माण गरिएका योजनाहरुको मर्मत सम्भारका लागि २ दिने मर्मत सम्भार तालिम आज मान्ममा सम्पन्न भएको छ । नेपाल सरकार र स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित साना सिचाई कार्यक्रम द्धारा आर्थिक बर्ष २०७२/०७३मा निर्माण भै सम्पन्न भएका भाङछाडा कुलो सिचाई योजना कालीका ८, रानीपाटा सिचाई कुलो योजना गेला ५, सिम्लेगाड देखि खोदागडा कुलो सिचाई योजना दाँहा ४, ६ र घट्टालीगाँउ कुलो सिचाई योजना मान्म ७ लाभाम्बित उपभोक्ता समितिका पदाधिकारीहरुका लागि तालिम संचालन गरिएको साना सिचाई कार्यक्रमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ