नन्दराम जैशी/माघ ८, जुम्ला । नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले डेढ महिनाको अवधिमा ३ हजार ८ सय क्वीन्टल अनुदानको चामल बिक्रि गरेको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/माघ ८, जुम्ला । नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले डेढ महिनाको अवधिमा ३ हजार ८ सय क्वीन्टल अनुदानको चामल बिक्रि गरेको छ । 

"/>
2026-08-29 10:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डेढ महिनामा ३ हजार ८ सय क्वीन्टल अनुदानको चामल बिक्रि


नन्दराम जैशी/माघ ८, जुम्ला । नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले डेढ महिनाको अवधिमा ३ हजार ८ सय क्वीन्टल अनुदानको चामल बिक्रि गरेको छ । 

नेपाल सरकारले गत मंसिर १६ गतेदेखि कर्णालीमा चामलको मुल्य घटाइ खाद्य संस्थान मार्फत अनुदानको चामल बिक्रि गर्न शुरु गरेपछि डेढ महिनाको अवधिमा जुम्लामा ३ हजार ८ सय क्वीन्टल अनुदानको चामल बिक्रि भएको हो । बंगलादेश सरकारले भुकम्प पिडित नेपालिलाइ दिएको बंगलादेशिय उसिना मोटो अनुदानको चामल जुम्लामा पनि बिक्रि भैरहेको छ ।

खाद्य संस्थान शाखा कार्यालय जुम्लाका अनुसार बंगलादेश सरकारले भुकम्प पिडित नेपालिलाइ दिएको बंगलादेशिय उसिना मोटो अनुदानको चामल मंसिर १६ गतेपछि जुम्लामा ४ हजार २ सय ७८ क्वीन्टल भित्रिएको थियो । जसमा प्रतिकेजि ३१ रुपैया ६९ पैसा तथा प्रति ३० केजि प्याकेट ९ सय ५० रुपैयाका दरले हालसम्म ३८ सय क्वीन्टल अनुदानको चामल बिक्रि भैसकेको शाखा प्रमुख रण बहादुर एैरले बताउनुभयो । बाँकि अनुदानको चामल ४ सय ७८ क्वीन्टल मात्र रहेको उहाको भनाइ छ ।

जुम्लाबाट बिक्रि भएको ३ हजार ८ सय क्वीन्टन बंगलादेशिय उसिना मोटो अनुदानको चामल मध्य १ हजार क्वीन्टल चामल डोल्पा जिल्लामा निर्यात भएको संस्थानले जनाएको छ । शाखा प्रमुख रण बहादुर एैरले भन्नुभयो, अनुदानमा चामल बिक्रि हुन थालेपछि अत्यधिक उपभोक्ताको संख्या बढेको छ, अनुदानको चामल सोचेभन्दा नि छिटो बिक्रि भएकाले उपभोक्ताको मागका आधारमा थप मगाउन पनि सकिने छ । बंगलादेशिय उसिना मोटो अनुदानको चामल उपभोक्ताले अध्यधिक रुचाएकाले अन्य चामलको तुलनामा बिक्रिदर धेरै बढेको हो उहाले बताउनुभयो ।

उपभोक्ताले अनुदानमा सस्तो र राम्रो चामल पाएपछि यसलाइ सबैले रुचाएका छन् उहाको भनाइ छ । अनुदानको चामल बिक्रिबाट संकलन भएको रकम केन्द्रीय नेपाल खाद्य संस्थानको बैंक खातामा जम्मा गर्ने गरेको संस्थानले जनाएको छ । संस्थानका अनुसार अनुदानको चामल बिक्रिबाट संकलन भएको रकम भुकम्प पुननिर्माणमा खर्च गर्ने सरकारको तयारी छ । बंगलादेशिय उसिना मोटो अनुदानको चामल सरकारले कर्णालीका सबै जिल्लाहरूमा बिक्री गरीरहेको छ ।      

आपूर्ति मन्त्रालयको निर्णय बमोजिम कर्णालीमा खाद्य संस्थान मार्फत सबै चामलको मुल्य घटाएर सहज रूपमा उपभोक्तालाइ खाद्यान्न बिक्री भैरहेको छ । तिहारअघि आपूर्तिमन्त्री दीपक बोहरा, पर्यटनमन्त्री जीवनबहादुर शाही र कर्णालीका सांसदहरूका बीच भएको बैठकमा सहज बनाउन मूल्य घटाएर बिक्री गर्नुपर्ने छलफल भएको थियो । सोहीअनुसार आपूर्तिले मूल्य घटाउन नेपाल खाद्य संस्थानलाई निर्देशन दिएको हो ।                    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो