नरजन तामाङ/माघ १४, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले राज्यलाई व्यवसायिले तिर्ने कर व्यवसायीकै हीतमा खर्च हुनुपर्नेमा बताएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरजन तामाङ/माघ १४, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले राज्यलाई व्यवसायिले तिर्ने कर व्यवसायीकै हीतमा खर्च हुनुपर्नेमा बताएका छन"/>

2026-10-15 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यवसायिक कर व्यवसायीकै हितमा: अधिकारी


नरजन तामाङ/माघ १४, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले राज्यलाई व्यवसायिले तिर्ने कर व्यवसायीकै हीतमा खर्च हुनुपर्नेमा बताएका छन् । 

वीरेन्द्रनगर नगरपालिकाका नया कार्यकारी अधिकृत विमलराज गौतमलाई आज ९शुक्रबार० संघमा स्वागत तथा परिचयात्मक कार्यक्रममा उहाँले यस्तो जोड दिनुभएको हो । पछिल्लो समय व्यवसायिक करबाट संकलन भएको रकमबाट बजेट विनियोजन गरी नगर क्षेत्रमा सीसीक्यामेरा जडान शुरु गरिएको प्रसंग उठाउँदै अध्यक्ष अधिकारीले भन्नुभयो–‘व्यवसायीको हकमा खर्च हुन्छ भने व्यवसायी दिल खोलेर कर तिर्न तयार छन ।

करप्रतिको जिम्मेवारी र राज्यप्रतिको अपनत्व बढाउनका लागि करको दरभन्दा पनि दायरा बढाउनुपर्ने आवश्यक्तापनि उहाँले औंल्याउनु भएको छ । उद्यमशीलता विकासका लागि नगरपालिकाले दिएको तालिम, केवल तालिममा मात्र सीमित भएको भन्दै अध्यक्ष अधिकारीले सार्वजनिक–निजी साझेदारीमा व्यवहारिक र उपयोगी तालिम दिनुपर्ने बताउनुभयो ।

प्रान्तीय राजधानीका रुपमा रहेको वीरेन्द्रनगरलाई स्वच्छ र स्वस्थ राख्नका लागि सडकको दुबै छेऊमा जडीबुटीजन्य वोटविरुवा रोपेर हर्बल सीटीका रुपमा विकास गर्नुपर्ने अवधारणापनि उहाँले अघि सार्नुभएको छ । ‘यसो गर्न सकिए, बजारको सुन्दरता र स्वच्छतापनि बढ्छ । उहाँले भन्नुभयो–‘नियमित आम्दानीको स्रोत पनि बढ्नसक्छ ।’

यस्तै, नगरपालिकाका कार्यकारी अधिकृत गौतमले वीरेन्द्रनगरलाई आपूmले क्लिन सीटी ९सफा शहर० ग्रीन सीटी ९हरित शहर० रिच सीटी ९सम्पन्न शहर० र ब्राइट सीटी ९उज्यालो० शहर बनाउने अधिकतम प्रयत्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।

संघीय राजधानीका रुपमा रहेको सुर्खेतमा व्यापार व्यवसायका साथै कृषिको व्यवसायिकीकरण र औद्योगिकीकरणका लागि पनि नगरपालिकाका तर्फबाट गर्नसकिने कामबारे छलफल एवं सहकार्य गरेर अघि बढ्ने उहाँको भनाई छ ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतिले जग्गा व्यवसायका नाममा प्लटिङ र खण्डिकरण गर्दा दीर्घकालीन रुपमा नकारात्मक प्रभाव बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

प्रान्तीय राजधानीका रुपमा रहेको सुर्खेतलाई सोहिबमोजिम विकास गर्नका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिंदै उहाँले त्यहीअनुसारका पूर्वाधार तथा संरचना निर्माण गर्न तत्काल शुरु गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने