फागुन ६, बैतडी । खानी तथा भूगर्भ विभागले बैतडीको मल्लादेहीमा रहेको फलाम खानीको प्रारम्भिक अध्ययन गरेको छ । दुई दिन लगाएर गरिएको अध्ययनले मल्लादेहीको अल्याडी क्षेत्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, बैतडी । खानी तथा भूगर्भ विभागले बैतडीको मल्लादेहीमा रहेको फलाम खानीको प्रारम्भिक अध्ययन गरेको छ । दुई दिन लगाएर गरिएको अध्ययनले मल्लादेहीको अल्याडी क्षेत्रम"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीको मल्लादेहीमा फलाम खानी रहेको पुष्टि

२०७३, ६ फाल्गुन शुक्रबार ०६:२६

फागुन ६, बैतडी । खानी तथा भूगर्भ विभागले बैतडीको मल्लादेहीमा रहेको फलाम खानीको प्रारम्भिक अध्ययन गरेको छ । दुई दिन लगाएर गरिएको अध्ययनले मल्लादेहीको अल्याडी क्षेत्रमा फलाम रहेको पुष्टि भएको अध्ययन टोलीमा संलग्न भूगर्भविद् सन्तोष ढकालले राससलाई जानकारी दिनुभयो । 

“सयौँ वर्ष पहिले पनि फलाम निकालिएको पाँचसयभन्दा बढी खाल्डा छन्”, उहाँले भन्नुभयो, “रातो रातो रङ्गको चटटनमा चुम्बक राख्दा फलाम तानिएकाले त्यहाँ फलाम रहेको पुष्टि हुन्छ ।” सयौँ वर्ष पहिले फलाम निकाल्ने गरेको र ती खाडल आठदेखि १० मिटर गहिराइमा रहेका समेत उहाँले बताउनुभयो । “खाल्डो पुरिन थालेका छन्”, भूगर्भविद् ढकालले भन्नुभयो, “बाहिरी आँखाले नदेखिने भएकाले थप अध्ययन गर्ने तयारी भएको छ ।” 

दुई दिनको प्रारम्भिक अध्ययनपछि फलाम खानी भएको प्रमाणित गरेर त्यस क्षेत्रको अन्य चट्टानको अध्ययनमा टोली लागेको विभागका अर्का भूगर्भविद् प्रकाश पोखरेलले बताउनुभयो । “एक किलोमिटर क्षेत्रमा सयौँको सङ्ख्यामा रहेका खाडल आधा पुरिएका छन्”, उहाँले भन्नुभयो, “पहिले फलाम निकाल्न प्रयोग भएका धेरै खाडल अहिले प्रयोगविहीन अवस्थामा छन् ।” 

खानी विभागले विभिन्न चरणका अध्ययन गर्ने लक्ष्य लिएकाले अर्को वर्ष यस क्षेत्रको जमिनमुनिको फलामको मात्रा पनि थाहा हुने दाबी गरेको छ । ती खाल्डाबाट आजभन्दा पचास वर्षअघि सम्म बैतडीको मल्लादेहीमा कुनै यान्त्रिक प्रयोग बिना, हातैले उत्खनन गरेर फलाम उत्पादन गरिएको भूगर्भविद प्रकाश पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बाजेको पालाका त्यही खानीबाट निकालेको फलामबाट बनेका भाँडाहरु भेट्टिए ।” उत्तरपट्टि फर्केको पाटोमा खानी रहेको बताउँदै भूगर्भविद पोखरेलले अध्ययनका क्रममा अल्याडी क्षेत्रमा एक ठाउँमा देखापरेको चट्टानमा फलाम खानी रहेको र बैतडीमा यस्ता धेरै खानी हुन सक्ने समेत बताउनुभयो । 

खानी विभागको टोली त्यही ठाउँमा शिविर बनाएर दुई दिन बस्यो र फलाम खानीको अध्ययन अघि बढाएको हो । भूगर्भविदले यो क्षेत्रमा खानी रहेको प्रमाणित भएपनि कच्चा पदार्थको मात्रा कति छ भन्ने अर्को विस्तृत अध्ययनपछि मात्र थाहा हुने बताएका छन् । खानी विभागले विभिन्न चरणका अध्ययन गर्ने लक्ष्य लिएकाले चैत महिनासम्म पुनः यस क्षेत्रको जमिनमुनिको फलामको मात्रा पनि थाहा हुने भूगर्भविद्ले दाबी गरेका छन् । 

आजभन्दा झन्डै पचास वर्षअघि सम्म बैतडीको मल्लादेहीमा कुनै यान्त्रिक प्रयोग बिना, हातैले उत्खनन गरेर फलाम उत्पादन गरिएको कुरा अहिलेसम्म सुन्नमा मात्रै आएको थियो । त्यही खानीबाट उत्खनन गरेको फलामबाट निर्मित केही घरेलु प्रयोजनका सामग्री देख्न पाइए पनि त्यसको ठोस प्रमाण केही थिएन । तर खानी तथा भूगर्भ विभागले केही दिनअघि गरेको अध्ययनपछि मल्लादेहीमा फलाम खानी रहेको प्रमाणित भएको छ । 

विस्तृत अध्ययन हुनुपर्ने माग 

झट्ट हेर्दा कुनै विद्रोही समूहको बङ्करजस्तै अनुमान गर्न सकिने ती गहिरा खाडल त्यही खाडल हुन् जहाँबाट सयौँ वर्षअघि स्थानीयवासीले फलामको धाउ निकाल्ने गर्दथे । जताततै खाल्डाखुल्डी देखिन्छन् । त्यहाँ ठूला खाल्डा खनिएका छन् । 

जयपृथ्वी बहादुरसिंह राजमार्गअन्तर्गत बैतडीको ढोल्यामोडबाट पुरचौडी हाट जाने कच्ची सडक हुँदै १७ किलोमिटर हिँडेपछि कोटिलाको रुइनचौर पुगेपछि पश्चिम हुँदै त्यहाँको प्रसिद्ध डिलासैनी मन्दिरलाई दायाँ पार्दै दक्षिणतर्फ लाग्यो भने एक घन्टामा मल्लादेहीमा रहेको उक्त फलाम खानीमा पुग्न सकिन्छ । 

स्थानीय बासिन्दाले पनि लामो समयदेखि फलामखानीको अध्ययनका लागि खानी विभागलाई गुहार्दै आएका थिए । अहिले आएर खानी तथा भूगर्भ विभागले प्रारम्भिक अध्ययन गरेको हो । खानी विभागको अध्ययनपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् भने प्रारम्भिक अध्ययन मात्रै नभएर यसको विस्तृत अध्ययन हुनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ । 

मल्लादेही–१ का रामबहादुर बोहराले त्यही खाल्डोबाट आफ्ना बाबुबाजेले फलाम निकालेको बताउनुभयो । “त्यसै खाल्डोबाट घरायसी हतियारले फलाम निकालेर हँसिया, बाउसो बनाएको अझै आफूलाई सम्झना छ”, उहाँले भन्नुभयो, “त्यही खानीबाट निकालेको फलाम मेरो घरमा अझै पनि छ ।” फलामको टुक्राले आगो बाल्ने गरेको समेत उहाँले बताउनुभयो । 

पुरचौडीको मल्लादेहीमा रहेको यो फलामखानीबारे पटकपटक आवाज उठाउँदै आएपनि यसका बारेमा खासै सुनुवाइ नभएको स्थानीयवासी जयबहादुर धामीले बताउनुभयो । “यस खानीको विस्तृत अध्ययन गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “यस क्षेत्रको आर्थिक समृिद्घका लागि यो खानी सञ्चालनमा आउनुपर्छ ।” 

खानी तथा भूगर्भ विभागको एक टोलीले बैतडीको जमाडीगाड र सुर्नयागाड नदी क्षेत्रलगायत मल्लादेही, कोटिला, भूमिराज, कुवाकोट, विजयपुर, शङ्करपुरमा भौगर्भिक सर्वेक्षण गरेको छ । 

भौगर्भिक सर्वेक्षणपश्चात् प्रारम्भिक प्रतिवेदन भूगर्वविद्ले खानी तथा भूगर्भ विभागमा बुझाउने भएका छन् । प्रारम्भिक प्रतिवेदन बुझाइसकेपछि भूगर्भविद्को टोली एक महिनापछि चैतमा फेरि भौगर्भिक सर्वेक्षणका लागि बैतडी आउने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी