2026-09-12 07:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आगलागीबाट पाँच लाख बराबरको क्षति

फागुन ६, लहान । सिरहाको कचनारीमा गएराति भएको आगलागीमा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । 

कचनारी–६ निवासी मानवीर यादवको गोठबाट राति ११ बजेतिर सल्किएको आगोले नजिकै रहेको रजुई यादव, मुनिलाल यादव, शिवकुमार यादव र घुरन यादवको गोठ समेत पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट करिब रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

फरार साह २२ वर्षपछि पक्राउ 

यसैबीच, राहदानी किर्ते मुद्दामा अदालतबाट कैद सजाय पाएर २२ वर्षदेखि फरार रहेका एक जनालाई सिरहा प्रहरीले गएराति पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाले राहदानी किर्ते मुद्दामा सिरहा जिल्ला अदालतबाट १ महिना कैद तथा दुई हजार जरिवानाको सजाय पाएर फरार रहेका सिरहा नगरपालिका–१२ निवासी कामेश्वर साहलाई २२ वर्षपछि पक्राउ गरेको हो । 

सिरहा जिल्ला अदालतले २०५१ चैत ३० गते राहदानी किर्ते मुद्दामा सो सजायको फैसला गरेको थियो । अदालतको फैसलापश्चात् फरार रहेका साहलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस