फागुन ७, काठमाडौँ । सुनकोसीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनको खाडीचौर–अँधेरी खण्डमा पर्ने ६ नं खम्बा आज बिहान ढलेको छ । 

यसबाट सुनकोसी जलविद्युत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ७, काठमाडौँ । सुनकोसीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनको खाडीचौर–अँधेरी खण्डमा पर्ने ६ नं खम्बा आज बिहान ढलेको छ । 

यसबाट सुनकोसी जलविद्युत्"/>

2026-11-02 03:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुर आउने छैसठ्ठी केभी बिधुतको खम्बा ढल्यो

फागुन ७, काठमाडौँ । सुनकोसीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनको खाडीचौर–अँधेरी खण्डमा पर्ने ६ नं खम्बा आज बिहान ढलेको छ । 

यसबाट सुनकोसी जलविद्युत्गृहको करिब पाँच मेगावाट विद्युत् काठमाडौँ आउन सक्ने छैन । सो टावर जोखिमयुक्त अवस्थामा भएकाले यसको सुरक्षासम्बन्धी कार्य जालीमा ढुङ्गा कसेर भैरहेको थियो । अहिले नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली उक्त स्थानतर्फ प्रस्थान गरिसकेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउनुभयो । 

सुनकोसीको विद्युत् ११ केभी फिडरबाट बाह्रबिसे, चौतारामा स्थानीय रुपमा केही खपत हुने छ भने लामोसाँघु–भक्तपुर १३२ केभी लाइनबाट काठमाडौंमा खिम्ती विद्युत्गृह र ढल्केबर–मुजफरपुर प्रसारण लाइनबाट आउने विद्युत् आई नै रहने छ । 

काठमाडौँको विद्युत् आपूर्ति नियमिततालाई निरन्तरता दिन काठमाडौँ छिर्ने अन्य प्रसारण लाइनमध्येबाट हुनेगरी नोक्सान भए बराबरको विद्युत् परिमाण बढाई काठ्माडौँवासीलाई यसको असर पर्न नदिन भारप्रेषण केन्द्रले आवश्यक गृहकार्य सहित व्यवस्था मिलाउने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द