फागुन ७, पर्सा । वीरगन्ज नाका भएर रु. साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । 

चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर रु. ३२ अर्ब ६३ कर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ७, पर्सा । वीरगन्ज नाका भएर रु. साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । 

चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर रु. ३२ अर्ब ६३ कर"/>

2026-06-16 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इन्धन आयातमा बृद्धि

2017-02-18

फागुन ७, पर्सा । वीरगन्ज नाका भएर रु. साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । 

चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर रु. ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्यालयले जनाएको छ । 

गत आर्थिक वर्षको सोहि अवधिमा यो नाकाबाट रु. ३० अर्ब ६४ करोड ७३ लाख छ हजार मूल्य बराबरका एक लाख २३ हजार ९०३ केल इन्धन र २४ हजार ४११ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको थियो । 

यो गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सोहि अवधिमा रु. एक अर्ब ९८ कारोड ६५ लाख बढी भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिनुभयो । 

उहाँले गत आर्थिक वर्षको तुल्नामा चालु आर्थिक वर्षमा सोहि अवधिमा चार लाख २३ हजार ९७५ केल इन्धन र ७४ हजार ९२८ मेट्रिक टन खाना पकाउने ग्यास बढी आयात भएको बताउनुभयो । 

चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाकाबाट भएको इन्धन आयातबाट भन्सार कार्यालयले रु. सात अर्ब ६७ करोड ८१ लाख राजस्व सङ्कलन गरेको छ । 

वीरगन्ज नाका प्रयोग गरी भारतको रक्सौल, बरौनी, मथुरा, हल्दिया लगायतका स्थानबाट नेपालक लागि पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास आयात हुने गरेको छ । 

नेपालको लागि आवश्यक इन्धनको ६० प्रतिशत इन्धन वीरगन्ज नाकाबाटै आयात हुने गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाकाबाट एक लाख २३ हजार ८६२ केल पेट्रोल , ८० हजार ६६२ केल एटिएफ(हवाई इन्धन), ६ हजार ३१७ केल मट्टितेल र तीन लाख ३६ हजार ७६४ केल डिजल आयात भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ