माधव वेल्वासे/फागुन ७, कपिलवस्तु । कपिलवस्तुको शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर अभिवृद्धि एवं डिग्री कक्षा संचालनार्थ संचालित श्री"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/फागुन ७, कपिलवस्तु । कपिलवस्तुको शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर अभिवृद्धि एवं डिग्री कक्षा संचालनार्थ संचालित श्री"/>

2026-09-16 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिग्री संचालनार्थ गरेको महायज्ञबाट सवा दुई करोड उठ्यो


माधव वेल्वासे/फागुन ७, कपिलवस्तु । कपिलवस्तुको शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर अभिवृद्धि एवं डिग्री कक्षा संचालनार्थ संचालित श्रीमद्भागवत विराट धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ सनिवार सम्पन्न भएको छ ।

महायज्ञ वाट सवा २ करोड दान संकलन भएको आर्थिक समिति संयोजक भवनराज पौडेलले जानकारी दिनुभयो । क्याम्पसको स्तर उन्नतिको लागि सन्चालन गरिएको महायज्ञमा दानबीरहरुको ओइरो नै लाग्यो । स्थानीय तहमै डिग्रीसम्मको कक्षा संचालन गरी यस क्षेत्रका सर्वसाधारण सबैका लागि शैक्षिक सुविधा प्रदान गर्ने र शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले महायज्ञ संचालन गरिएको महायज्ञ मूल आयोजक समिति संयोजक नेत्रराज अधिकारीले जानकारी दिनुभयो । श्रीमद्भागवतमा बालव्यास नारायणप्रसाद न्यौपानेले कथा बाचन गरेका छन्

महायज्ञको अन्तिम दिनसम्म सबैभन्दा बढी शिवराज नगरपालिका ९ वेलौति वस्ने समाजसेवि विरेन्द्र सिह के सि ले ३१ लाख११ हजार १ सय ११ दान गर्नुभएको छ । यसैगरी दोस्रो स्थानमा लंक वहादुर हमालले २२ लाख १ सय ५५ रकम दान गर्नुभएको छ । 

तेस्रो स्थानमा शिवराज नगरपालिका  ६ रहटकोल वस्ने नेपाल आदर्श बहुमुखी क्याम्पसका प्रमुख नवराज पाण्डेयले १२ लाख १ सय १ रकम दान गर्नुभएको छ ।त्यस्तौ क्याम्पस व्यावस्थापन समिति अध्यक्ष नेत्रराज अधिकारिले ११ लाख ५१ हजार ५ सय ५५ दान गर्नुभएको छ । 

चन्द्रौटा वस्ने जिवलाल  पौडेल ११ लाख ५१ हजार ५ सय ५५ , भवनराज पौडेलले ६लाख ७५ हजार ८ सय ६५,सुरहि र चिराहि खोला ठेकदार समुहले ५ लाख ७ हजार७ सय ७७,दुर्गदत्त भण्डारिले ५ लाख दान गर्नुभयो ।माहायज्ञमा धेरै दानिहरुलाई वाजा गाजा सहित नगर परिक्रम गराइएको छ ।

 त्यस्तै क्याम्पसको साधारण सदस्यका लागि तिन सयभन्दा बढीले १५ हजार १सय भन्दा बढी रकम दान सहयोग गरेको बताइएको छ । भने गाउँ गाउँबाट धान, चामल सहयोग गर्नेको ओइरो लागेको थियो  ।

महायज्ञको अर्को विशेषता ५सय रुपैयाँ सहयोग गरी एक हजार एक सय ८ ओटा सिक्का प्राप्त गरी १हजार १सय ८ ओटा शालिग्रामलाई चढाएर पुजन तथा दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । माघ २९ गतेदेखि संचालन गरिएको महायज्ञ फागुन ७ गतेसम्म चल्ने महायज्ञ मूल आयोजक समिति संयोजक नेत्रराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल