दलसिंह गिरी | फागुन १०, कालिकोट | साच्चै कर्नाली समृद्ध देख्न चाहने हो भने कर्नाली विकासको १० बर्षे रणनैतिक योजना कर्नालीबासीले नै निर्माण गर्न पर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

कर्नालीको समृद्धिका लागि काठ्माण्डौमा बसेर रणनैतिक योजना बनाउनु पुरक नभएको भन्दै सहभागीहरुले यस्तो बताएका हुन् । कर्नाली क्षेत्रको १० बर्षे विकास योजनाको मस्यौदा माथीको एक दिने अन्तरक्रियात्मक सुझाव संकलन कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागीहरुले ठाउ, भूगोल र परिबेष अनुसार विकासका योजना निर्धारण गर्नु पर्ने भएकाले कर्नालीको विकास योजनाका लागि अनिवार्य आवश्यकतालाई प्राथमिकरण गरी एक द्धार प्रणाली द्धारा अगाडी बढ्न पर्ने धारणा राखेका छन् ।

नेपाल सरकार कर्नाली विकास आयोग जुम्लाको आयोजनामा जिल्ला सदरमुकाम मान्ममा संचालित सुझाव संकलन कार्यक्रममा बोल्दै विभिन्न राजैतिक दलका नेताहरुले कर्नाली विकासको नाममा गोलमोडल योजनाहरु अगाडी बढाउनु भन्दा निश्चित प्याकेज क्षेत्र निर्धाण गरी प्रतिफलयोग्य योजना अगाडी बढाउनु पर्ने धारणा राखेका छन् ।

कर्नाली पर्यटन, सास्कृति, कृषि, जडिबुटी, जलश्रोतको प्रचुत सम्भावनाको क्षेत्र भनिएता पनि यसको प्रबर्धनका लागि कुनै एकिन योजना नदेखिएको भन्दै यस्तो धारणा राखेका हुन् । कर्नाली विकास आयोगका सदस्य कृष्ण आचार्यको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खण्डको प्रमुख आथित्यता तथा स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको विशेष आथित्यतामा आयोजित कार्यक्रममा जिल्लाका कृयाशिल राजनैतिक दल पत्रकार, नागरिक समाज, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

कार्यक्रममा कर्नाली विकासका लागि १० बर्षे रणनैतिक योजनाको मस्यौदा कर्नाली विकास आयोगका सदस्य आचार्यले प्रस्तुत गर्नु भएको छ भने प्रस्तुत गरिएको मस्यौदा माथि सबै सहभागीहरुले आआफ्नो धारणाहरु राखेका छन् । सहभागीहले राखेका धारण तथा सुझाबलाई मनन् गर्दै सुझाबको आधारमा १० बर्षे रणनैतिक योजना पारित गरिने कर्नाली विकास समितिका सदस्य आचार्ययले बताउनु भएको छ ।

Related News