2026-10-15 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुडारी–ताम्ती सडक उद्घाटन

फागुन २८, जुम्ला । कुडारी–ताम्ती ९ मुछाली बुढाबाडासम्म पुग्ने २९ किमी दूरीको सडक शुक्रबार उद्घाटन गरिएको छ । 

रु २९ करोड बजेटमा ट्र्याक खोलिएको सो सडकको उद्घाटन व्यवस्थापिका–संसद्का सदस्यत्रय ललितजङ्ग शाही, बलबहादुर महत र डिल्लीप्रसाद काफ्लेले संयुक्त रूपमा गर्नुभयो । सडक उद्घाटन भएसँगै सडकको अन्तिम विन्दु ताम्ती–९ मुछाली बुढाबाडा गाउँसम्म बेलुका तीन जिप र १० मोटरसाइकल पु¥याइएको थियो । बुढाबाडागाउँ सदरमुकाम जुम्लादेखि ४९ किमी दूरीमा पर्छ । 

यसैबीच ताम्ती–९ स्थित इमिल्चा–बेहुली काँधसम्मको १५ किमी सडक पनि शिलान्यास गरिएको छ । सांसदहरूव्दारा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सो सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । यो खासगरी जाजरकोट हुँदै सुर्खेत–छिन्चु जोड्ने सडक हो । 

 सो सडकका लागि आगामी दिनमा पनि बजेट व्यवस्था गर्दै जाने स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जानकारी दिनुभयो । रु एक करोडको काम समुदायमार्फत गर्न थालिएको छ । त्यसका लागि तत्कालीन ताम्ती–१ र ४ तथा ५ र ९ वडा गरी दुई उपभोक्ता समिति बनाउने निर्णय गरिएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो