2026-09-12 08:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमै पहिलो लक्षचण्डी महायज्ञ चैत २८ देखि

चैत ११, राजविराज । पूर्वाञ्चलको प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता शक्तिपीठको परिसरमा हुन लागेको लक्षचण्डी रुद्र महायज्ञ आगामी चैत २८ गतेदेखि सुरु हुने भएको छ । 

बिहीबार छिन्नमस्ता मन्दिर परिसरमा आयोजित पत्रकारसम्मेलनमा शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले यही चैत १६ गतेदेखि हुने भनिएको महायज्ञ समसामयिक परिस्थितिका कारण यज्ञको समयतालिका सारिएको उहाँले जानकारी दिनुभयो । 

सप्तरीमा गत फागुन २३ गते एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर पाँचजनाको मृत्यु भएपछि जिल्लामा उत्पन्न तनावलाई मध्यनजर गर्दै आगामी चैत्र २८ गतेबाट यज्ञ सुरु हुने पत्रकारसम्मेलनमा बताइएको छ । 

पीठाधीश ठाकुरका अनुसार नेपालमै पहिलो र विश्वमा पाँचौँ पटक हुन लागेको लक्षचण्डी रुद्र महायज्ञमा स्वदेशी तथा सीमावर्ती भारतबाट करिब ५० लाखभन्दा बढी श्रद्धालु आउने अनुमान गरिएको छ । साथै चैत २८ गतेबाट सुरु हुने महायज्ञ वैशाख ६ गते सम्म चल्ने बताइएको छ । 

लाखाँैको सङ्ख्यामा आउने भक्तजनका लागि स्वच्छ खानेपानी, शौचालय, रात बिताउनका लागि उपयुक्त बासस्थल लगायतका सबै तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । 

महायज्ञको प्रचारप्रसारका लागि नेपालमा रथयात्रा सम्पन्न गरी अहिले रथयात्रा भारतको विहार राज्यमा चलिरहेको जानकारी दिँदै महायज्ञको एक हप्ताअगाडि मात्र रथयात्रा सप्तरीको छिन्नमस्ता भगवती मन्दिर शक्तिपीठ परिसरमा आउने बताइएको छ । 

रु २१ करोडको लागतमा महायज्ञमा नेपाल र भारतका तीनहजार पाँचसय ख्यातिप्राप्त पण्डितको सहभागिता रहने पत्रकारसम्मेलनमा बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस