दलसिंह गिरी | चैत्र १७, कालिकोट | नेपाल सरकार आपूर्तिमन्त्रालय द्धारा जिल्ला सदरमुकाम मान्म खाडाचक्रमा संचालित कर्नालीमा खाद्य आनीवानी परिवर्तन सम्बन्धी अनुशिक्षण कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | चैत्र १७, कालिकोट | नेपाल सरकार आपूर्तिमन्त्रालय द्धारा जिल्ला सदरमुकाम मान्म खाडाचक्रमा संचालित कर्नालीमा खाद्य आनीवानी परिवर्तन सम्बन्धी अनुशिक्षण कार्य"/>
2026-09-15 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मन्त्रालयलाई कर्नालीका जनता आर्थिक पारर्दशितामा भेडै लाग्छन् त ?

दलसिंह गिरी | चैत्र १७, कालिकोट | नेपाल सरकार आपूर्तिमन्त्रालय द्धारा जिल्ला सदरमुकाम मान्म खाडाचक्रमा संचालित कर्नालीमा खाद्य आनीवानी परिवर्तन सम्बन्धी अनुशिक्षण कार्यक्रममा जिल्लाका सबै सरोकारवाला निकाय नागरिक समाज लागायत हामी केही पत्रकार साथीहरु उपस्थित भयौ ।

कार्यक्रममा जिल्लामा खाध्य सुरक्षाको अवस्था समस्या र चुनौतिबारे छलफल भयो । कार्यक्रमको विचैमा मन्त्रालयबाट आउनु भएका एक जना सरले हामी संग परिचय लिदै भन्नु भयो सर आजको समाचार आफ्नो मिडियाबाट राम्रो प्रकाशन तथा प्रशारण गरिदिनुहोला, हामीले पनि हुन्छ भन्यौ । 

कार्यक्रम सभाहलमा जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुनिल कुमार सिंहले जिल्लामा खाध्यवाली उत्पादनको अवस्था, अवसर र चुनौतिका बारेमा आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्राविधिक अधिकृत धिरेन्द्र भूजेलले पनि जिल्लामा उत्पादन हुने नगदे वाली, दलहन वाली फलफुल बाली लगायतका बालीहरुमा पाईने तत्वहरुको अवस्था, मानिसलाई शारीरिक तदुरुस्तताको लागि आवश्यक पर्ने पौष्टिक तत्व र खाध्य वाली प्रयोगको अवस्थाबारे आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भयो । 

जिल्ला कृर्षी विकास कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयबाट प्रस्तुत प्रस्तुती माथि सबै सहभागीहरुले आ–आफ्नो धारणा राख्दै कालिकोट जस्तो भौगोलिक विकता भएको जिल्लामा यहाको हावापानी सुहाउदो खेतीबालीको परिक्षण तथा पहिचान गरी यसको उत्पादनका लागि प्रयाप्त सिचाईको ब्यवस्था गरिनु पर्ने यसका लागि कालिकोटलाई चिरेरै बगेका तिलाकर्नाली र कर्नालीको पानीलाई लिफ्ट प्रविधिको विकास गरी खेतीयोग्य जमिनमा पानीको आपूर्तिगरिनु पर्ने धारणा राखे ।

प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको अध्यक्षता आपूर्तिमन्त्रालयका सह सचिव मुकुन्द प्रसाद पौड्यालयको प्रमुख आथित्यतामा संचालित अनुशिक्षण तालिममा प्रमुख अथिति पौड्याले आधुनिक तथा ब्यवशायिक खेती प्रणाली मार्फत कर्नालीमा उत्पादीत उत्पादनशिल बालीको प्रवर्धन गरी स्थानीय स्तरमै बजारिकरण गर्ने बताउनु भयो । यसका लागि अबको केही बर्ष पछि बाहिरको चामल किनेर खानपर्ने कर्नालीका जनताको मानसिकता नामेट हुने खालको नीतिगत योजनाहरु अगाडी बढाने बताउनु भयो । 

मन्त्रालयका सचिवले नै यसो बताएपछि कार्यक्रमका सहभागीहरुले आशा संगैको खुशी ब्यक्त गरे । कार्यक्रम सकियो सबै सहभागीहरु हलबाट बाहिर निक्लीने तयारी भयो । हलबाहिर निक्लीनै लाग्दा ढोकैमा बस्तु भएको आयोजक सरहरुले खानाको टुकन लिनुहोस् भन्दै उपस्थीतिमा उल्लेख गरिएका नामका आधारमा खाली भरपाईमा हस्ताक्षर गर्न लागाउदै खाना टुकन दिदै गर्नु भयो ।

सूचनाको हकले आर्थिक पार्दशिता गर्नु पर्छ कुनै सभा सेमिनार गोष्टी सुरु हुनुभन्दा पहिले यो कार्यक्रममा अनुमानित लागत जानकारी गराउनुका साथै कार्यक्रमको अत्यमा खर्च हिसाव सहितको विवरण सबैलाई जानकारी गराउनु पर्ने ब्यवस्था छ । तर त्यसो नगरी सहसचिव सहितको केन्द्रबाट आएको मन्त्रालयको टोलीले होटलमा खानाको ब्यवस्था छ भन्दै कुनै रकमै नखुलाईएको खाली भरपाईमा हस्ताक्षर गराउनुले आर्थिक पार्दशिताको कुरा कहाँ हरायो होला ।

मन्त्रालयबाट आएको टोलीलेनै यस्तो हविगत देखाउछ भने मन्त्रालय मातहतका निकायहरुले के गर्दा होलान् र मत्रालयमा कस्तो प्रकारको आयब्याय प्रतिवेदन प्रस्तुत गर्दा होलान् । के कर्नालीका जनता आर्थिक पार्दशिताका बिषयमा अनविज्ञ नै हुन् त ? यस्तै बुझाईले आयोजकले यो ब्यवहार देखाउनु भएको हो भने खबरदार कर्नालीका जनता १८ औं सताब्दीमै रुपमलिएका छैनन् यो २१ औं साताब्दी हो । सूचनाको हकका लागि त्यस्तै परे सम्बन्धित निकाय सम्म पनि घरघच्याउन पछि पर्दैनन् सबैलाई चेतना भया ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ