2026-10-15 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लामा पश्चिम पहाड भू–परिधि कार्यक्रम लागू हुने

बैशाख ७, जुम्ला | राष्ट्रिय वन विकास तथा व्यवस्थापनअन्तर्गत जुम्लामा पश्चिम पहाड भू–परिधि कार्यक्रम लागू हुने भएको छ । 

जिल्ला वन कार्यालय जुम्लाले आव २०७३÷७४ भित्रै चारवटा विषयगत क्षेत्रमा परीक्षण परियोजनाका रुपमा कार्यक्रम लागू गर्ने भएको हो । परियोजनाअन्तर्गत वन कार्यालयले जैविक विविधिता संरक्षण तथा पर्या–पर्यटन, कृषि वन प्रवद्र्धन, वन संरक्षण तथा व्यवस्थापन र आयआर्जन, वित्तीय व्यवस्थापन तथा उद्यम विकास कार्यक्रम सञ्चालन गर्ने जिल्ला वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

जैविक विविधता संरक्षण तथा पर्या–पर्यटनतर्फ रेडपान्डा (हाब्रे), कस्तुरी मृग, हिमाली भालु तथा डाँफेको संरक्षणमा जनचेतना, क्लस्टर वन्यजन्तु संरक्षण तथा नियन्त्रणार्थ सञ्जाल निर्माण तथा गठन, सूचनामूलक कार्यक्रम, विद्यालयस्तरमा विविधता संरक्षणसम्बन्धी शिक्षा, सामुदायिक वनमा पर्या–पर्यटन सहयोग कार्यक्रम सञ्चालन हुने वन अधिकृत श्रेष्ठले बताउनुभयो । 

त्यसैगरी, कृषि वन प्रवद्र्धनतर्फ ओखर र जैतुन वितरण तथा रोपण सहयोग, वन संरक्षण तथा व्यवस्थापनतर्फ वन लसुन, जटामसी, लौठसल्ला, सतुवाको स्थानीय संरक्षण, लोपोन्मुख जडीबुटी तथा गैरकाष्ठ वन पैदावरको दिगो संरक्षण, सङ्कलन तथा प्रशोधनसम्बन्धी तालिम, वन डढेलो नियन्त्रण तथा व्यवस्थापन, वन नर्सरी उन्नति, हरितगृह मर्मत तथा निर्माण सहयोग र वृक्षारोपणका साथै प्रचारप्रसार र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ । 

उहाँका अनुसार आयआर्जन वित्तीय व्यवस्थापन तथा उद्यम विकास कार्यक्रमअन्तर्गत सामुदायिक वनमा विपन्न वर्गका लागि आयआर्जन र क्लस्टरमा आयमूलक तालिम संचालन गरिनेछ । रु १४ लाख बजेटमा जुम्लाको पातारासी गाउँपालिका, चन्दननाथ नगरपालिकासहित साबिकको बुम्रमाडीचौर र बोतामालिकालाई समेटेर कार्यक्रम गर्नुपर्ने जिल्ला वन समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जानकारी दिनुभयो । 

“मान्छेका लागि वन, वनको सुन्दरता जनावर र त्यससँग हाम्रो अस्तित्व जोडिएको हुन्छ,” उहाँले भन्नुभयो । वन, पर्यावरण र जैविक विविधता तथा वन्यजन्तु संरक्षणका लागि हातहतियार नियन्त्रण तथा गोप्य सूचना प्रणालीलाई कार्यान्वयनमा लैजानुपर्नेमा उहाँको जोड थियो । 

यसैबीच, नेमकिपाका पार्टी प्रतिनिधि राजेश्वर देवकोटा, राप्रपाका प्रतिनिधि गोर्खबहादुर सुनार, नयाँ शक्ति पार्टीका जिल्ला संयोजक राधाकृष्ण बुढ्थापा र सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जुम्लाका अध्यक्ष पूर्णशेखर देवकोटाले वन व्यवस्थापनार्थ विगतमा बनेका समूहलाई क्रियाशील बनाएर लैजान, कार्यक्रम प्रभावकारितामा जोड दिन र अनुगमन तथा निरीक्षण प्रणालीलाई सशक्त बनाएर लान सुझाव दिनु भएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु