नन्दराम जैशी | बैशाख १०, जुम्ला | गाउँमा आउने विकास बजेट टाठा बाडाकाको पकडमा हुने गरेको पातारासी गाउँपालिकाका स्थानीयले गुनासो गरेका छन् । सर्वसधारणसम्म विकासको बारेमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | बैशाख १०, जुम्ला | गाउँमा आउने विकास बजेट टाठा बाडाकाको पकडमा हुने गरेको पातारासी गाउँपालिकाका स्थानीयले गुनासो गरेका छन् । सर्वसधारणसम्म विकासको बारेमा "/>
2026-08-29 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाउँमाको विकासे बजेट टाठा बाडाकाको पकडमा हुन्छ “जुम्ला पातारासीबासि”

नन्दराम जैशी | बैशाख १०, जुम्ला | गाउँमा आउने विकास बजेट टाठा बाडाकाको पकडमा हुने गरेको पातारासी गाउँपालिकाका स्थानीयले गुनासो गरेका छन् । सर्वसधारणसम्म विकासको बारेमा जानकारी नहुने गरेको उनिहरुको भनाइ छ । जुम्लाको पातारासी गाउँपालिकाको अथ्र्रुमा आज सम्पन्न भएको विकासका लागि रेडियो वहस कार्यक्रमका सहभागि पातारासी गाउँपालिकाका स्थानीयले यस्तो बताएका हुन ।

गाउँमा भएको विकासका बारेमा जानकारी लिनको लागि एन्टेना फाण्डेशन नेपालसँगको समन्वय र रेडियो कर्णाली जुम्लाको आयोजनामा वहस कार्यक्रमको आयोजना गरीएको थियो । विकासले गाउँमा पारेको सकारात्मक प्रभावका विषयमा वहस कार्यक्रममा छलफल भएको हो । बहसमा स्थानीय स्तरमा भएको विकासका बारेमा स्थानियले गुनासो राखेका छन् । बहसमा बोल्दै पातारासी गाउँपालिकाका स्थानिय गोर्ख बहादुर बोहोराले गाउँमा आउने विकासका बारेमा होचा र निमुखालाई जानकारी नहुने गरेको बताउनुभयो ।

गाँउमा संचालन हुने अधिकांश विकासे आयोजनामा आर्थिक पारदर्शिता नभएको भन्दै आयोजनामा आएको बजेटका बारेमा स्थानियलाइ कहिले पनि जानकारी नहुने गरेको साविकको पटरमारा गाविसका स्थानिय कृष्ण बहादुर बुढाको भनाइ छ । बहस कार्यक्रममा दर्जन बढि स्थानियबासिन्दाले राखेका प्रश्न तथा जिज्ञासा मेटाउँदै निमित्त प्रमुख जिल्ला अधिकारी मधुसंकर उपाध्यायले गाँउमा संचालन भएका विभिन्न विकासे आयोजनामा भएको भष्टाचार तथा अनियमितताको प्रमाण सहित जो सुकैले निबेदन दिएमा त्यसमा छानबिन गरी कारबाहि प्रक्रिया अघि बढाइने बताउनुभयो ।

जिल्ला समन्वय समितिका अधिकारी हरी नारायण बेल्वासेले आफु एक्लैले मात्र विकासे कार्यक्रममा पारदर्शिताको कुरा उठाएर नहुने भन्दै सबैलाइ सचेत हुन अनुरोध गर्नुभयो । गाँउमा हुने विकासे कार्यक्रमलाइ पारदर्शि र प्रभावकारी बनाउन स्थानियबासि आफैले पहल गर्नुपर्ने उहाको भनाइ छ । पातारासि गाँउपालिकामा रहेका सडक, विधुत्, टेलिफोन लगाएतका विकासे समस्यालाइ समाधानका लागि पहल गर्ने उहाले बताउनुभयो ।

पातारासि गाँउपालिकामा रहेका गाविकका गाविस तथा अन्य बिषयगत कार्यालयद्धारा सेवा प्रभाहमा कुनै कमि कमजोरी रहेमा स्थानियले लिखित तथा मौखिक जानकारी दिएमा त्यस्ता कमि कमजोरीलाइ तत्काल सुधार्न लगाउनुका साथै सेवा प्रवाहमा बसेका ब्यक्तिलाइ समेत कारबाहि प्रक्रियामा लिइने अधिकारी बेल्वासेले बताउनुभयो ।

विकासका लागि रेडियो वहस कार्यक्रमका सहभागिले र्याप थ्रि ले पातारासि गाँउपालिकामा गरेको काम सन्तोषजनक रहेको भन्दै भएका कमजोरीलाइ सुधार्दै लैजानुपर्ने बताएका छन् । साथै र्याप थ्रि ले सडक मर्मतका लागि गरीरहेको काम प्रभावकारी रुपमा संचालन गर्न उनिहरुको सुझाब छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ