बैशाख १४, कपिलवस्तु । चर्को गर्मीसँगै अति बेगले चलेको हावाहुरीका कारण बुधबार दिउँसो साढे ३ बजे आगलागी भएको हो । 

स्थानीय गंगाराम कोहारको घरमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १४, कपिलवस्तु । चर्को गर्मीसँगै अति बेगले चलेको हावाहुरीका कारण बुधबार दिउँसो साढे ३ बजे आगलागी भएको हो । 

स्थानीय गंगाराम कोहारको घरमा"/>

2026-10-31 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुमा भिषण आगलागी, ४० घरगोठ खरानी


बैशाख १४, कपिलवस्तु । चर्को गर्मीसँगै अति बेगले चलेको हावाहुरीका कारण बुधबार दिउँसो साढे ३ बजे आगलागी भएको हो । 

स्थानीय गंगाराम कोहारको घरमा भुजा भुट्ने क्रममा खरको झुप्रोमा आगो सल्किएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

गाउँको पश्चिमपट्टि कुनाबाट सल्किएको आगोले पूर्वतर्फको सम्पूर्ण घरगोठ जलेर नष्ट भएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, गहना, रुपैयाँपैसा समेत जलेर नष्ट भएको स्थानीय बस्सराज यादवले बताउनुभयो । आगलागीबाट झण्डै ४० ओटा घरगोठ खरानीमा परिणत भएको छ । भने ४ गोटा बाख्रा, एउटा भैंसीको पाडो जलेर मरेका छन् । यसैगरी विवाह मनाउन स्थानीय हरिराम कोहारको घरमा गएकी शिवराज नगरपालिका ८, कोटवाकी ६० वर्षीय वृद्धा बन्सी प्रजापति घाइते हुनुभएको छ । 

घाइते वृद्धालाई शिवराज अस्पताल बहादुरगञ्जमा सामान्य उपचारपछि थप उपचारको लागि भैरहवा रिफर गरिएको प्रहरी निरीक्षक घर्तीले बताउनुभयो ।आगोले विद्यालयमा अध्ययनरत बालबालिकाले भर्खरै पाएका नयाँ किताब कापी, ड्रेस लगायतका शैक्षिक सामग्री सम्पूर्ण जलेर नष्ट भएको बताइएको छ । 

खेत खरिहानमा राखिएका पराल, अन्नपात समेत जलेर नष्ट भएको स्थानीय लेखनाथ पाण्डेले बताउनुभयो । दिउँसो साढे ३ बजे लागेको आगो साँझ साढे ६ बजेपछि नियन्त्रणमा आएको थियो । 

कृष्णनगरबाट आएको दमकल, विसुनपुर बेसक्याम्पका सशस्त्र प्रहरी निरीक्षक पूर्ण बहादुर कुँवरसहित सशस्त्र प्रहरीको टोली, इलाका प्रहरी कार्यालय गणेशपुर र जगदीशपुर इलाका प्रहरी कार्यालयका प्रहरी टोली र स्थानीय बासिन्दाहरूले गर्दा आगो नियन्त्रणमा आएको थिए ।

यसअघि २०६५ साल बैशाख ८ गते समेत सो बस्तीमा आगलागी हुँदा झण्डै करोडको धनमाल जलेर नष्ट भएको थियो । -मनिष गुप्ताको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय