नन्दराम जैशी | असार २, जुम्ला । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बाँनियाले जुम्लाका सबै उपभोक्ताहरु अझै ठगिमा परेको बताउनुभएको छ । 

समय र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | असार २, जुम्ला । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बाँनियाले जुम्लाका सबै उपभोक्ताहरु अझै ठगिमा परेको बताउनुभएको छ । 

समय र"/>

2026-08-29 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लाका सबै उपभोक्ता ठगिमा परेका छन्, “अध्यक्ष ज्योति बाँनिया”

नन्दराम जैशी | असार २, जुम्ला । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बाँनियाले जुम्लाका सबै उपभोक्ताहरु अझै ठगिमा परेको बताउनुभएको छ । 

समय र परिस्थीति बदलिदैँ गएपनि सोचे अनुरुप जुम्लाको परिवर्तन हुन नसकेको भन्दै जुम्लाका सबै उपभोक्ताहरु कुनै न कुनै हिसाबले अझै ठगिमा परेको उहाले बताउनुभयो । जुम्लामा बिहिबार सम्पन्न भएको उपभोक्ता जागरण कार्यक्रमका अवसरमा बोल्दै उहाले भन्नुभयो, देशमा नँया निति नियमसँगै राजनितिक, आर्थिक र ब्यापारीक क्षेत्रमा परिवर्तन आएपनि जुम्लामा भने अँझै ब्यापारी र उपभोत्ताको ज्ञानका कमिका कारण उपभोक्ता ठगिएका छन् ।

जँहासम्म ब्यापारीले ठग्ने प्रवृतिको अन्त्य र उपभोत्ताले ठगिएको विरोधमा आवाज उठाउने छैनन् तबसम्म ब्यापारमा ठग्ने पुरानै परम्परा अन्त्य हुने छैन, उहाले भन्नुभयो, यसमा मेरो सम्बन्धीत सरोकारवाला सबै निकायप्रति ध्यानाकर्षण छ । जुम्लामा नापतौलका मान्यता प्राप्त ढकहरुको सट्टा अन्दाजि ढुगां र नुनको पोकाको अँझै प्रयोग भैरहेको भन्दै त्यसरी जोखेको सामान उपभोक्तालाइ नकिन्न बाँनियाले आग्रह गर्नुभयो । नापतौलमा ठगि गर्ने ब्यापारीको विपक्षमा उजुरी दिन पनि उहाको सुझाब छ । कालो बजारी गर्दै जुम्लामा ग्यास, डिजेट, पेट्रोल लगाएतका सामानमा ठगि भैरहेको अवगत गराउदै त्यस तर्फ उद्योग बाणिज्य संघ, स्याउ प्रशोधन, प्रशासन लगाएतको प्रभावकारी अनुगमन तथा निरीक्षणमा अध्यक्ष बाँनियाले ध्यानाकर्षण गराउनु भयो ।

अन्य ब्यक्तिहरुमा कसले के बोले   

उपभोक्ता हित संरक्षण मञ्च नेपालका सदस्य बिष्णु प्रसाद तिमिल्सीनाले जुम्लाका ब्यापारीहरुले ब्यवसाय दर्ता नगर्ने, कर छल्ने, मुल्य सुचि बिना जिल्लाभर मनपरि सामान बिक्रि गर्ने लगाएतका पुरानै धन्दा चलाइ रहेको भन्दै नियमनमा जोड दिन सरोकारवाला निकायलाई सुझाब दिनुभयो । उहाले भन्नुभयो, जुम्लाका उपभोक्ता र साना ब्यापारीहरु सचेत नभएका कारण ठुला ब्यापारीबाट ठगिनु कुनै नौलो कुरा होइन । बरु यसको न्युनिकरणमा जोड दिन सबै निकाय लाग्नु पर्दछ । साथै ब्यापार ब्यवसायमा गलत प्रचार प्रसार गर्न नहुने उहाको भनाइ छ ।    

स्थानिय विकास अधिकारी हरी नारायण बेल्वासेले उपभोक्ता सम्बन्धी कानुनि प्रावधान फितलो भएका कारण उपभोक्तालाइ आफु ठगिएपछि उजरी  तथा सजाय दिन अप्ठ्यारो परेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद सापकोटाले नियमनमा नआउने ब्यापारीलाइ सचेत बनाउन र उपभोक्तालाइ जागरण गर्न बजार अनुगमन निरन्तर गरीने बताउनुभयो । बजारमा कतै कालो ब्यापारी भैरहेको जो सुकैले पाएमा या भोगेमा गोप्य जानकारी दिन उहाको सुझाब छ ।

नागरीक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले जुम्लामा बजारका खानेकुरा मात्र नभइ गाँउघरमा विभिन्न प्रकारका अन्नहरु पनि स्थानियले अखाद्य खाने गरेको स्मरण गराउदै सबै भन्दा पहिले उपभोक्ता सचेत हुनुपर्ने बताउनुभयो । खानेबानिमा परिवर्तन ल्याउन जिल्लाका सबै संघ संस्थाले भुमिका खेल्नुपर्ने उहाको भनाइ छ । स्थानिय उपभोक्ता गौरीनन्द आचार्यले कुनै पनि सामान किन्दा उपभोक्ता ठगिएको आवाज उठाउँदा उनिहरुको सुरक्षा र न्यायको ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभयो ।

उच्च अदालत सुर्खेत इजलास जुम्लाका मुख्य न्यायधिष शेसराज सिवाकोटिको लगाएत विशिष्ट ब्यक्तिहरुको सहभागिता तथा जिल्ला स्थीत सबै सरोकारवाला निकायको उपस्थीतिमा एक दिने उपभोक्ता जागरण कार्यक्रम सम्पन्न भएको हो । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजना, उपभोक्ता हित संरक्षण मञ्च जिल्ला शाखा जुम्लाको संयोजन र आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको सहकार्यमा कार्यक्रम गरीएको हो ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था