2026-10-31 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रास्काेटनगर मै हुने भाे ४२६ मेगावाटकाे विदधुत उत्पादन

दलसिंह गिरी | असार ७, कालिकोट | सरकारी कर्मचारीहरुको लगानीमा रास्कोटनगरपालिकाको फुकोटमा जलबिद्युत आयोजना निर्माण हुने पक्का भएको छ । सरकारले कर्मचारीकै लगानीमा ४२६ मेगावाटको फुकोट कर्नाली जलविद्युत् आयोजना निर्माण गर्न अध्ययन तथा निर्माणको ढाँचा तए गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिएपछि आयोजना निर्माण हुने पक्का भएको हो ।

ऊर्जा मन्त्रालयका उर्जा सचिव अनुपकुमार उपाध्यायले साेमबार एक कार्यक्रमको अायोजना गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तलाई सो आयोजना अध्ययनको अनुमतिपत्र प्रदान गर्नु भएको छ । कंम्पनीलाइ अध्ययन तथा निर्माण प्रक्रिया समेत अगाडि बढाउने गरी उर्जा सचिवले अनुमतिपत्र दिनु भएको हो ।

आन्तरिक लगानीमा नै आयोजना अगाडि बढाइने लक्ष्यका साथ अनुमतिपत्र प्रदान गरिएको आयोजनाकाे उत्पादन तथा अगुवाइ  कम्पनीले गर्ने र यसको लगानी नागरिक लगानी कोष, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, निजामती कर्मचारी, नेपाली नागरिक र स्थानीयवासीकाे श्राेतबाट हुने भएको छ । आयोजनाकाे लागत करिब रु ६१ अर्ब ८६ करोड अनुमान समेत गरिएको  मन्त्रालयले जनाएको छ ।

हालै भएको नयाँ बजेट बक्तब्यमा कुल ५०० मेगावाट क्षमताको एक जलविद्युत् आयोजना सरकारी कर्मचारीको लगानीमा अगाडि बढाइने कार्यक्रम समावेश गरिए अनुसार कालिकोटमा कर्मचारीको लगानीमा आयोजना अगाडि बढाउने बारेमा गत जेठ ८ गते नै मन्त्रालयले आवश्यक निर्णय गरिसकेको छ । यस्तै नेपाली सेनाको सैनिक कल्याणकारी कोष तथा अन्य कोषमा जम्मा भएको रकम समेत सो आयोजनामा लगानी गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय