Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रास्काेटनगर मै हुने भाे ४२६ मेगावाटकाे विदधुत उत्पादन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दलसिंह गिरी | असार ७, कालिकोट | सरकारी कर्मचारीहरुको लगानीमा रास्कोटनगरपालिकाको फुकोटमा जलबिद्युत आयोजना निर्माण हुने पक्का भएको छ । सरकारले कर्मचारीकै लगानीमा ४२६ मेगावाटको फुकोट कर्नाली जलविद्युत् आयोजना निर्माण गर्न अध्ययन तथा निर्माणको ढाँचा तए गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिएपछि आयोजना निर्माण हुने पक्का भएको हो ।

ऊर्जा मन्त्रालयका उर्जा सचिव अनुपकुमार उपाध्यायले साेमबार एक कार्यक्रमको अायोजना गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तलाई सो आयोजना अध्ययनको अनुमतिपत्र प्रदान गर्नु भएको छ । कंम्पनीलाइ अध्ययन तथा निर्माण प्रक्रिया समेत अगाडि बढाउने गरी उर्जा सचिवले अनुमतिपत्र दिनु भएको हो ।

आन्तरिक लगानीमा नै आयोजना अगाडि बढाइने लक्ष्यका साथ अनुमतिपत्र प्रदान गरिएको आयोजनाकाे उत्पादन तथा अगुवाइ  कम्पनीले गर्ने र यसको लगानी नागरिक लगानी कोष, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, निजामती कर्मचारी, नेपाली नागरिक र स्थानीयवासीकाे श्राेतबाट हुने भएको छ । आयोजनाकाे लागत करिब रु ६१ अर्ब ८६ करोड अनुमान समेत गरिएको  मन्त्रालयले जनाएको छ ।

हालै भएको नयाँ बजेट बक्तब्यमा कुल ५०० मेगावाट क्षमताको एक जलविद्युत् आयोजना सरकारी कर्मचारीको लगानीमा अगाडि बढाइने कार्यक्रम समावेश गरिए अनुसार कालिकोटमा कर्मचारीको लगानीमा आयोजना अगाडि बढाउने बारेमा गत जेठ ८ गते नै मन्त्रालयले आवश्यक निर्णय गरिसकेको छ । यस्तै नेपाली सेनाको सैनिक कल्याणकारी कोष तथा अन्य कोषमा जम्मा भएको रकम समेत सो आयोजनामा लगानी गरिने भएको छ ।