असार १३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । 

कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । 

कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको पर"/>

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फोहरबाट ग्यास निकाल्न सुरु, चौध किलोवाट बिजुली उत्पादन

२०७४, १३ असार मंगलवार ०७:५१


असार १३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । 

कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो । कामपा वडा नं १२ र १९ का बासिन्दाले घरबाट निकालेको जैविक फोहरबाट वायोग्यास उत्पादन गरिनेछ । 

यहाँ आज आयोजित कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरमा पूर्णरुपमा फोहर व्यवस्थापन गर्न सके यहाँको धेरै समस्या समाधान हुने बताउनुभयो । यसबाट जैविक फोहर व्यवस्थापनका लागि पनि ठूलो सहयोग पुग्ने बताउँदै उहाँले आफ्नो घर र सहर सफा राख्नु नगरवासीको कर्तव्य रहेको औँल्याउनुभयो । कामपा उपप्रमुख हरिप्रभा खड्गीले परम्परागत सोचमा परिवर्तन ल्याई फोहर व्यवस्थापनको दिगो कार्ययोजना निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । 

कामपाका कार्यकारी अधिकृत ईश्वरीराज पौडेलले फोहरलाई ऊर्जाका रुपमा विकास गर्नका लागि कामपाले सुरु गरेको अभियानलाई सार्थक रुपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । युरोपेली सङ्घ नेपालका लागि राजदूत रिन्जे टिरिन्कले काठमाडौँलाई विश्वसामु सुन्दर सहरका रुपमा चिनाउन अत्यावश्यक रहेकामा जोड दिनुभयो । 

एकीकृत दिगो फोहरमैला व्यवस्थापन परियोजना सञ्चालनका लागि कामपाको २० प्रतिशत र युरोपेली सङ्घको ८० प्रतिशत गरी रु एक करोड ८२ लाख लगानी गरिएको छ । यसका लागि तीन मेट्रिक टन जैविक पदार्थबाट दैनिक ३०० किलोग्राम जैविक मल, १४ किलोवाट बिजुली र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन हुनेछ । 

सो परियोजना २०७० चैत १८ गतेदेखि सुरु गरिएको हो । सो परियोजनाको मुख्य लक्ष्य फोहरको स्रोत घटाउने तथा पुनःचक्रीय विधिबाट फोहरको प्रयोगसँगै फोहर नफाली आयआर्जनका लागि रुपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिनु हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति