मो. इमरान खान/साउन ३, कपिलवस्तु । महिनौ देखि जनचेतना कार्यक्रम दिदै अएको ट्राफिक प्रहरी कपिलवस्तुले सवारी कारबाहीबाट कपिलवस्तुमा यसवर्ष १ करोड ५६ लाख ४५ हजार ५सय रुप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मो. इमरान खान/साउन ३, कपिलवस्तु । महिनौ देखि जनचेतना कार्यक्रम दिदै अएको ट्राफिक प्रहरी कपिलवस्तुले सवारी कारबाहीबाट कपिलवस्तुमा यसवर्ष १ करोड ५६ लाख ४५ हजार ५सय रुप"/>
२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सवारी कारबाहीबाट कपिलवस्तुमा डेढ करोड बढी राजश्व असुली

२०७४, ३ श्रावण मंगलवार ०८:४३

मो. इमरान खान/साउन ३, कपिलवस्तु । महिनौ देखि जनचेतना कार्यक्रम दिदै अएको ट्राफिक प्रहरी कपिलवस्तुले सवारी कारबाहीबाट कपिलवस्तुमा यसवर्ष १ करोड ५६ लाख ४५ हजार ५सय रुपैयाँ राजश्व संकलन भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले आर्थिक वर्ष २०७३/०७४ को साउनदेखि असारसम्म कूल २६हजार ५सय १३ सवारी कारवाहीबाट सो राजश्व संकलन गरेको हो । आर्थिक वर्ष ०७२ र ७३ को २४ हजार ५सय ७० सवारी कारवाहीबाट ट्राफिकले ९८ लाख ९५ हजार ९सय रुपैयाँ राजस्व असुली गरेका थियो । 

गतवर्षको दाँजोमा यसवर्ष ट्राफिकले ५७ लाख ४९ हजार ६सय रुपैयाँ बढी राजश्व संकलन गर्न सफल भएको ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिनुभयो । यसवर्ष ट्राफिक नियम उलंघन गर्ने सवारी संख्यामा १९सय ४३ बढी भएको कार्कीले बताउनुभयो । 

यसवर्ष सवारी कारबाहीमा सबैभन्दा बढी ट्रक परेका छन । वर्षभरि कूल १८हजार ६सय २५ ट्रक कारबाही हुँदा १ करोड १० लाख ६५ हजार ५सय रुपैयाँ राजश्व उठेको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । यसपछि कारबाहीमा परेका सवारीमध्ये मोटरसाइकल दोस्रो नम्बरमा परेको छ । 

वर्षभरिमा ३ हजार ६ सय ६ वटा त मोटरसाइकल मात्र कारबाहीमा परेका छन । जसबाट १९लाख ९९ हजार राजश्व संकलन भएको ट्राफिकले बताएको छ । यसैगरी १हजार ४सय ७८ वटा बस कारबाही हुँदा ८ लाख ६६ हजार राजश्व उठेको छ भने कारबाहीमा परेका जीप संख्या १हजार ५सय ८० रहेको छ । 

जसबाट ८लाख ५५ हजार ५सय राजश्व असुली भएको बताइएको छ । यसका साथै १हजार ४सय २४ वटा ट्याक्टर कारबाही हुँदा ८लाख ६९ हजार ५सय राजश्व संकलन भएको ट्राफिकले जानकारी दिएको छ । नियम उलङ्घन गरेका, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेका सवारीलाई कारवाही गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । 

यता आर्थिक वर्ष २०७३।०७४ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३१ जना कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । जसबाट ट्राफिकले ३१ हजार राजश्व असुली गरेको छ । गतवर्ष समेत ट्राफिकले ३१ जनालई मापसे कारबाही गर्दा ३१ हजार रकम असुली गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह