साउन ८, काठमाडौँ । आगामी दसैँसम्म राजधानीबासीलाई मेलम्ची खानेपानी आयोजनाको पानी उपलब्ध गराउने सम्भावना अझै कायम रहेको सम्बद्ध पक्षले जानकारी दिएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ८, काठमाडौँ । आगामी दसैँसम्म राजधानीबासीलाई मेलम्ची खानेपानी आयोजनाको पानी उपलब्ध गराउने सम्भावना अझै कायम रहेको सम्बद्ध पक्षले जानकारी दिएको छ ।

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दसैँमा मेलम्चीको पानी काठमाडौँ आउँछ कि आउँदैन ?

२०७४, ८ श्रावण आईतवार १३:२०


साउन ८, काठमाडौँ । आगामी दसैँसम्म राजधानीबासीलाई मेलम्ची खानेपानी आयोजनाको पानी उपलब्ध गराउने सम्भावना अझै कायम रहेको सम्बद्ध पक्षले जानकारी दिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दुई हजार ३०० मिटर सुरुङ खन्न बाँकी रहेकाले दसँैसम्म राजधानीमा पानी ल्याउन सम्भव रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जानकारी दिएको छ ।

निर्माण व्यवसायीले प्रभावकारी काम गर्न नसकेको, सुरुङ खन्ने कार्यले गति लिन नसकेको तथा अन्य प्राविधिक जटिलता थपिएको भन्दै पानी आउने समयावधि लम्बिन थालेको भन्दै गुनासो आइरहेको बेला सम्बद्ध पक्षले भने तोकिएको समयमा नै सम्पन्न हुने विश्वास दिलाएको हो ।

दैनिक २० मिटरको दरले सुरुङ खन्ने कार्य जारी रहेको र हाल विभिन्न चार स्थानबाट नियमित रुपमा काम भइरहेको छ । हाल सुरुङ खनिइरहेको स्थानमा कमजोर चट्टान भएका कारण द्रुत रुपमा सुरुङ खन्न अप्ठ्यारो परेको भए पनि निर्माण व्यवसायीले योजनाअनुसार नै काम गरिरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको आजको बैठकमा जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल २७ किलोमिटर लामो सुरुङमध्ये दुई हजार ३०० मिटर मात्रै सुरुङ बाँकी रहेको, ठेकेदारले योजनाअनुसार नै काम गरेको, कुनै समस्या आए तत्काल समाधान गर्ने गरिएको छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचरण देवकोटाले सिन्धुको माथिल्लो भागमा नरम चट्टानका कारण केही जटिलता पैदा भएकाले विस्फोटन गर्न नसकिएको बताउनुभयो ।

“वर्षाको समयमा भूमिगत पानीका कारण पनि केही समस्या पैदा भएको छ, तर सबै समस्या हटाएर काम भइरहेको छ । हामी जनतालाई दसैँमा मेलम्चीको पानी उपलब्ध गराउन रात दिन प्रयासरत छौँ”–कार्यकारी निर्देशक देवकोटाले भन्नुभयो, “खनिएको सुरुङको मर्मत तथा व्यवस्थापन पनि सँगसँगै अगाडि बढेको छ ।”

यस्तै मेलम्ची खानेपानी आयोजनाका कारण काठमाडौँबासीले खेप्नु परेको हैरानीसमेत क्रमशः कम गर्दै जाने सचिव उपाध्यायको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि मेलम्ची आयोजनाले भत्काएको सडक कालोपत्र गर्ने कार्य युद्धस्तरमा अगाडि बढेको उल्लेख गर्नुभयो । “केही स्थानमा पाइपको ‘हाइड्रोलिक’ परीक्षण गर्नुपर्ने भएकाले समस्या देखिएको छ । यसै महिनाको अन्त्यसम्म वाग्मतीको पानी हाल जडान गरिएको पाइपमा पठाएर परीक्षण गर्दैछौँ”– सचिव उपाध्यायले भन्नुभयो ।

मेलम्ची आयोजनाबाट तत्काल दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने र हाल विभिन्न स्रोतबाट प्राप्त भइरहेको ११ करोड लिटर पानीले राजधानीबासीलाई थप सहजता प्रदान गर्ने उहाँको भनाइ छ ।

यस्तै दोस्रो चरणमा लार्के र याङ्ग्री खोलाको पानी ल्याउनका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको छ । आगामी पुुससम्म डिजाइन र लागतको सम्पूर्ण तयारी गरेर २०७५ देखि निर्माण सुरु गर्ने योजनामा मन्त्रालय रहेको छ । उहाँले एसियाली विकास बैंकले सो आयोजना समेत लगानी गर्ने तयारी गरिसकेको छ ।

मन्त्रालयले आयोजना स्थलमा पहुँचमार्ग निर्माण प्रक्रिया सुरु गर्ने तयारी गरेको उहाँको भनाइ छ । हाल राजधानीमा पाइप लाइन जडानको कार्य ९१ प्रतिशत पूरा भएको छ । जटिल रहेको करिब आठ किलोमिटर सडक खन्ने काम पनि जारी रहेको छ । नौमध्ये छवटा पानी जम्मा गर्ने ट्यांकीसमेत निर्माण भइरहेको छ ।

चाबहिल–गौशाला सडक खण्डमा ट्राफिकका कारण नियमित रुपमा काम गर्न समस्या भएको जानकारी दिँदै सचिव उपाध्यायले बाँकी रहेको काम डेढ महिनामा सकिने स्पष्ट पार्नुभयो । उहाँले नयाँ जडान हुन नसकेको क्षेत्रमा समेत पुराना पाइपलाइनबाट पानी वितरण हुने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी