साउन १२, काठमाडौं । आर्थिक वर्ष ०७३–०७४ मा एनएमबी बैंकको खुद नाफा ४० करोड रुपैयाँ बढेको छ ।

गत आवको असारसम्म बैंकले १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ खुदन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १२, काठमाडौं । आर्थिक वर्ष ०७३–०७४ मा एनएमबी बैंकको खुद नाफा ४० करोड रुपैयाँ बढेको छ ।

गत आवको असारसम्म बैंकले १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ खुदन"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनएमबी बैंकको खुद नाफा १ अर्ब ५१ करोड

२०७४, १२ श्रावण बिहीबार ०६:३४


साउन १२, काठमाडौं । आर्थिक वर्ष ०७३–०७४ मा एनएमबी बैंकको खुद नाफा ४० करोड रुपैयाँ बढेको छ ।

गत आवको असारसम्म बैंकले १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बिहीबार गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरी नाफा, निक्षेप परिचालन र कर्जा लगानी विस्तार भएको जानकारी दिएको छ । 

गत आवसम्म बैंकले कुल ७३ अर्ब २२ करोड ४० लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ६४ अर्ब ७८ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । एक वर्षमा बैंककको निक्षेप झण्डै १० अर्ब रुपैयाँ बढेको छ ।

यस्तै समीक्षा अवधिमा कर्जा लगानी बढेर ६१ अर्ब २१ करोड ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ५३ अर्ब २ करोड १३ लाख रुपैयाँ थियो । एक वर्षमा बैंकको कर्जा लगानी पनि १० अर्ब रुपैयाँ पुगेको जनाएको छ । 

बैंकको खराब कर्जा अनुपात १.६४ प्रतिशत छ । अघिल्लो आवको तुलनामा खराव कर्जाको अनुपातमा केही सुधार आएको छ । यस्तै बैंकको लागत बढेर ५.६, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.९०, कर्जा निक्षेपबीच ब्याज दर अन्तर ३.५९ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६९ पैसा पुगेको छ । 

गत असारसम्म बैंकको चुक्तापुँजी बढेर ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ पुगेको छ । बैंकले पुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउँदै छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी