Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बजेट रकम ६४ करोड २२ लाख

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p class="MsoNormal"><img src="http://sajhasabal.com/uploads/posts/5cd738c267ba02d12f3b76b5555a6faf1505294415.jpg" style="width: 800px; float: left;"><b>इमरान खान | भदौ २८, कपिलवस्तु | </b>कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको प्रथम नगर सभा तथा अधिवेशन बैठक सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४।७५ का लागि बजेट रकम ६४ करोड २२ लाख ८७ हजार २ सय ३० रुपैयाँ बराबरको अनुमानित आय पारित गरेको छ । जसमध्ये पुजिगत तर्फ ४८ करोड ८१ लाख २ हजार २ सय रुपैयाँ विनियोजन गरेको छ भने चालु तर्फ १५ करोड ४१ लाख ८५ हजार वरावरको रकम विनियोजन गरेको छ ।&nbsp;<br></p><p class="MsoNormal">नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले उक्त बजेट नगर सभामा प्रस्तुत तथा पारित गरेका हुन् । साथै नगरपालिकामा नगरपालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शी एवं सेवाग्राही मैत्री तुल्याउने व्यवस्थापकीय क्षमता अभिबृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास खोजमूलक र अनुसन्धानमूलक पत्रकारितालाई प्रवद्र्धन गर्ने जस्ता नीति तथा कार्यक्रम समेते बुद्धभूमि नगरपालिकाले पारित गरेको श्रेष्ठले बताए । लक्षित वर्ग, महिला तथा पछाडी परेकालाई समाहितमा ल्याउने तथा शिक्षा, स्वास्थ्य, कृषि, सडक वन वातावरण जस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पुर्याउने कार्यक्रम समेते बुद्धभूमि नगरपालिकाले पारित गरेको छ ।&nbsp;</p><p class="MsoNormal">नगर विकासका लागि अन्य गैरसरकारी तथा निजि क्षेत्रसँग सहकार्य गर्ने र आम जनताको विकास तथा आयस्तरमा सुधार ल्याउने कार्यक्रमलाई निरन्तरता दिने जस्ता नीति तथा कार्यक्रम बनाइएको समेत नगर प्रमुख श्रेष्ठले सभामा जानकारी गराए । नगर प्रमुख केशव कुमार श्रेष्ठ अध्यक्षता लेखा अधिकृत रामचन्द्र मरासिनी र नगर उपप्रमुख मिरा थारुको स्वागतमा सभा सम्पन्न भएको थियो । सो अवसरमा नगरपालिका गठनदेखि हालसम्म गरेका कार्य तथा आय व्ययको बारेमा कार्यकारी अधिकृत प्रविण पौडेलले प्रगती प्रतिवेदन पेश गरेका थिए ।</p>