2026-09-19 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडी र बझाङको फोस्फेट ‘स्याम्पल’ काठमाडौंमा

असोज १, काठमाडौं । सरकारले पहिलोपटक नेपालमा उत्खननको सम्भावना रहको फोस्फेटमाथि विस्तृत अन्वेषण र अनुसन्धान सुरु गरेको छ । अहिले बैतडी र बझाङबाट काठमाडौं ल्याइएका फोस्फेटका ‘स्याम्पल’ खानी तथा भूगर्भ विभागको लैनचौरस्थित प्रयोगशालामा आइपुगेको छ ।

नमूना फोस्फेटको प्रयोगशाला परीक्षणको काम भइरहेको विभागका महानिर्देशक राजेन्द्र खनालले अनलाइनखबरलाई जानकारी दिए ।

‘यो वर्ष पहिलोपटक हामीले फोस्फेट खानीको विस्तृत अन्वेषघ अघि बढाउन थालेका हौं’ खनालले भने,’परीक्षणको रिपोर्ट आएपछि हामी उत्खननको सम्भावना के छ भनेर खोजी सुरु गर्नेछौं ।’

रासायनिक मलको कच्चापदार्थ

फोस्फेट फस्फोरस तत्वको प्राथमिक स्रोत हो । यदि नेपालमा फस्फोरस उत्पादनका लागि फोस्फोराइट उत्खनन् गर्न सकिए यसले ठूलो आर्थिक लाभ लिन सकिने विभागको ठम्याइ छ ।

‘रासायनिक मल उत्पादनका लागि यो अत्यावश्यक हुन्छ,’ महानिर्देशक खनालले भने, ‘फस्फोरसको उत्पादन नेपालमै भए यसले नेपालमै रासायनिक मल उद्योग स्थापनामा पनि प्रोत्साहन दिन्छ ।’

अहिले लगानी बोर्डले रासायनिक मल उत्पादन गर्ने उद्योग स्थपनाका लागि विस्तृत परियाजना प्रतिवेदन बनाउँदैछ । तर, कच्चा पदार्थ विदेशबाटै ल्याउुपर्ने अवस्थाका कारण नेपालमा उद्योग खुलेपनि खासै लाभ नहुने तर्क कतिपयले राखिरहेका छन् ।

अहिले नेपालमा झण्डै वार्षिक ३ लाख मेटि्रकटन रासायनिक मल विदेशबाटै आउँछ । रासायनिक मलको तीन महत्वपूर्ण तत्व नाइट्रोजन, फस्फोरस र पोटासियम हुन् । यसमध्ये फस्फोरस उत्त्खनन नेपालमै भए त्यसले देशलाई अधिकतम् लाभ मिल्ने विश्वास सरकारको छ ।

‘अन्य स्थानमा पनि फोस्फेट नभेटिएका होइनन्, तर बझाङ र बैतडीको सीमा क्षेत्रमा यसको उत्खननको सम्भावना अली बढी छ भन्ने प्रारम्भिक अनुमान छ,’ महानिर्देशक खनालले भने, ‘अब यी क्षेत्रमा पनि हाम्रो अन्वेषण केन्दि्रत हुन्छ ।’

कहाँ छन् फोस्फेट खानी ?

बझाङका तारुगाढ, जुईलगाड, गोइचान, कन्देचौर लगायतका क्षेत्रमा विभागले फोस्फेट खानी रहेको अनुमान गरिएको छ । त्यसैगरी बैतडीका ढिकगाढ, जुनकुना, मोर्गाओन, सानागाओन, र धौबिसाउने लगायतका स्थानमा पनि फस्फोरसको खानी भएको यसअघिका विभिन्न अध्ययनमा पत्ता लागेको छ ।

एक अध्ययनले बझाङ र बैतडीमा गरी करिब ९० लाख मेट्रिक टन फोस्फेट उत्खनन गर्न सकिने देखाएको छ । तर, सरकारी तवरबाट भने पहिलोपटक यसका बारेमा विस्तृत अध्ययनको प्रक्रिया सुरु भएको हो ।

– अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई