२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्चीको पानी उपत्यकामा छ महिनापछि

२०७४, ८ आश्विन आईतवार १०:२६

राम केसी। असोज ८, चौतारा। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न १.७ किमी बाँकी भएकाले राजधानीमा पानी भित्रिन अझै छ महिना पर्खनुपर्ने भएको छ । 

सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ खन्ने काम आगामी डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य छ । सुरुङ खन्ने काम सम्पन्न भए पनि त्यहाँभित्र ढलान गर्न थप तीन महिना समय लाग्ने भएकाले राजधानीवासीलाई पानी वितरण गर्ने काम विसं २०७५ वैशाखमा मात्र सम्भव हुने मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो । 

हाल चार ठाउँबाट दैनिक सरदर १६ मि सुरुङ खन्ने काम भइरहेको छ । सुरुङको काम हालसम्म ९४ प्रतिशत सम्पन्न भएको छ । सिन्धु पहुँचमार्गमाथि रहेको भूभागमा सबैभन्दा कमजोर चट्टान भेट्टिएकाले समस्या उत्पन्न भएको उपकार्यकारी निर्देशक दुवाडीले बताउनुभयो । 

प्रथम चरणमा दैनिक १७ करोड लि पानी उपत्यकामा लगिने २७.५ किमी सुरुङको तीन पहुँचमार्गमध्ये सिन्धुबाट सुन्दरीजलसम्मको सबैभन्दा लामो ९.५ किमी पर्छ । पानी लगिने खास सुरुङ २६ किमी भए पनि विभिन्न ठाउँमा पहुँचमार्ग बनाउनुपर्दा १.५ किमी बढी खन्नुपरेको हो । 

झण्डै तीन दशकदेखि व्यापक चर्चामा रहेको सो आयोजनाको सुरुङ निर्माण गर्न सन् २००९ मा पहिलो सम्झौता भएको थियो । चीनको १५ रेल्वे ब्युरोसँग झण्डै रु साढे चार अर्बमा ठेक्का सम्झौता भएकामा विभिन्न बहानामा काममा ढिलाइ गरी सम्पन्न गर्ने समयसम्म जम्मा छ किमी मात्र सुरुङ खनिएपछि सन् २०१२ मा ठेक्का तोडिएको थियो । त्यसपछि जुलाई २०१३ मा इटालियन कम्पनी सिएमसीसँग रु सात अर्ब ७२ करोडमा सन् २०१६ सेप्टेम्बरसम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । भूकम्प र भारतीय नाकाबन्दीले लामो समयसम्म काममा अवरोध आएपछि सन् २०१८ मार्चमा सम्पन्न हुने गरी संशोधित सम्झौता भएको आयोजनाले जनाएको छ । 

काठमाडौँ उपत्यकाको जनसंख्यालाई दृष्टिगत गरी थप पानी ल्याउन दोस्रो र तेस्रो चरणमा रहेको सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका– २ र ३ मा रहेको लार्के र याँग्री आयोजनाको विस्तृत आयोजना प्रतिवेदनको काम आगामी चार महिनाभित्र टुंगिने भएको छ । साविक जिविसले मेलम्ची बजारदेखि साविक बरुवा गाविससम्म १५ किमी सडक पहिले नै निर्माण गरिसकेको छ । 

त्यहाँबाट मुहान रहेको लार्के र याँग्री पुग्न पाँच मि चौडाइको १० किमी सडकको बाटो आयोजनाले निर्माण गरिसकेको छ । त्यसलाई स्तरोन्नति गर्न अब दुई÷तीन महिनाभित्र बोलपत्रको सूचना प्रकाशन गरिने दुवाडीले जानकारी दिनुभयो । दोस्रो र तेस्रो चरणबाट दैनिक १७–१७ करोड लिले थप ३४ करोड लि पानी राजधानी भित्रिनेछ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो