२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सनराइज बैंकको ७ लाख १० हजार कित्ता सेयर लिलामी खुल्यो, लिलामी भर्नेलाई पनि बोनस

२०७४, ८ आश्विन आईतवार ११:५७

असोज ८, काठमाडौं । सनराइज बैंकले सर्वसाधारण र संस्थापक समूहको ७ लाख १० हजार ७ सय ४३ कित्ता सेयर आइतबार (असोज ८) देखि लिलामीमा बिक्री खुला गरेको छ । 

बैंकले संस्थापक समूहको ७२ हजार ६१२ कित्ता र सर्वसाधारण समूहको ६ लाख ३८ हजार १३१ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगागनीकर्ताले बिक्री प्रवन्धक सनराइज क्यापिटलमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । 

आवेदकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ र सोभन्दा बढी मूल्य राखी बोलपत्र पेस गर्नुपर्नेछ । संस्थापकतर्फ न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यता, सर्वसाधारण समूहतर्फ भने न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने संख्यामा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । 

१० लाख रुपैयाँ भन्दा बढीको आवेदन दिनेले प्यान नम्बर अनिवार्य खुलाउनुपर्नेछ । बोलपत्र बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, काठमाडौंमा असोज २३ गते दिउँसो १ बजे खोलिनेछ । 

बैंकले यसअघि जेठ १६ गतेदेखि असार १९ गतेसम्म १०: ३ को अनुपातमा १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रद निष्कासन गर्दा संस्थापक समूहको ७२ हजार ६१२ कित्ता र सर्वसाधारण समूहको ६ लाख ३८ हजार १३१ कित्ता सेयरमा आवेदन नपरेपछि बैंकले बाँकी सेयर लिलामीमा ल्याएको हो । 

चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने क्रममा रहेको सनराइजले १५% बोनस सेयर दिने घोषणा गरिसकेको छ । बैंकले यो लिलामी सेयरपछि कायम हुने चुक्ता पुँजीबाट १५% बोनस सेयर दिने जनाएको छ । यसआधारमा, हकप्रद तथा लिलामी भरेका सेयरधनीले समेत बोनस सेयर पाउनेछन् ।

गत आर्थिक वर्षको त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ७६ लाख ९८ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि भने चुक्ता पुँजी ७ अर्ब ८ करोड ९१ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । यो पुँजीबाट सनराइजले १ अर्ब ६ करोड ३३ लाख ७६ हजार ८५० रुपैयाँ बराबरको बोनस सेयर दिनेछ । 

यसरी बोनस दिइसकेपछि सनराइजको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले १ अर्ब १६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ९९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी