2026-10-15 02:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लामा विज्ञान प्रयोगशाला उद्घाटन गर्न राष्ट्रपति भण्डारी आउँदै

असोज २५, जुम्ला | (रासस) | चन्दननाथ माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनका लागि आज राष्ट्रपति विद्या भण्डारी जुम्ला आउँदै हुनुहुन्छ । 

उहाँ नेपाली सेनाको हेलिकोप्टरबाट ९:३० बजे जुम्ला आइपुग्ने कार्यक्रम रहेको आयोजक चन्दनाथ मावि जुम्लाका प्रधानाध्यापक टंकबहादुर महतले जानकारी दिनुभयो । 

राष्ट्रपति भण्डारी जुम्ला पुगेपछि शुरुमा चन्दननाथ भैरवनाथ बाबाको दर्शन गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक महतले बताउनुभयो । त्यसपछि १०:३० बजे राष्ट्रपति भण्डारीबाट यहाँको विज्ञान प्रयोगशालाको समुद्घाटन गर्ने कार्य तालिका छ, उहाँले भन्नुभयो । 

राष्ट्रपति भण्डारीले हिमाली क्षेत्रमा स्थापित उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान (मारी) र त्यसअन्तर्गत गुठीचौर भेडाबाख्रा अनुसन्धान, बागवानी विकास अनुसन्धान र कृषि अनुसन्धान केन्द्र, विजयनगर, जुम्लाले हालसम्म गरेका गतिविधिको प्रदर्शनी अवलोकन गर्ने प्रतिष्ठान (मारी) का निर्देशक नेत्रहरि घिमिरेले जानकारी दिनुभयो । 

राष्ट्रपति भण्डारी जुम्लामा आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । कार्यक्रम डेढघण्टा जतिमात्र हुने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता