2026-09-19 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बग्गीमा चढेर सरर पोखरा घुम्न पाइने

पोखरा, २९ असोज /पोखराको लेकसाइडमा बग्गी चढेर सरर घुम्मन पाइने भएको छ । पोखरामा आइतबार देखी बग्गी व्यवसाय सुरु भएको भएपछि पोखरा आउने पर्यटक बग्गीमा चढ्ने पाउने भएका हुन् । बग्गी एण्ड हर्स राईडिङ प्रालिले पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा बग्गी व्यवसाय सुरु गरेको हो ।

नेपालको मुख्य पर्यटकीय क्षेत्र पोखरामा आन्तरिक तथा बाह्यि पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यले व्यवसाय संचालनमा ल्याएको प्रालिका संचालक, युवा उद्यमी शान्त शर्माले बताए । भारतबाट अनुभवी घोडाको साथमा एउटा बग्गी र चालक समेत पोखरा आइ सकेको छ । विगत एक बर्ष देखि काठमाण्डौंको बासँबारीबाट बग्गीको व्यवसाय सुरु गरेका शर्माले पोखरामा पर्यटकहरुलाई लक्षित गरी उक्त व्यवसाय आईतबारबाट सुरु गरेका हुन् ।

पहिलो चरणमा भारतबाटै ३ वटा घोडा सहित एक बग्गीबाट पोखरामा बग्गी व्यवसाय सुरु गरेसंगै पोखरेली र पर्यटकहरुको माग अनुसार थप बग्गीको सेवा दिन तयार रहेको उनले जनाए । हाल उनले भारतबाट घोडाको साथमा अनुभवी बग्गी एक जना चालक समेत ल्याएका छन । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा बग्गीमा बसेर यात्रा गराउने गरी पहिलो चरणमा सेवा सुरु गर्ने उनले बताए ।


पर्यटकसंगै कुनै बिबाह वा व्रतवन्ध एवं शुभकार्यको लागि आवश्यक परेको खण्डमा पनि बग्गी प्रयोग गर्न सकिने बताएका संचालक शर्माले पोखरामा सोमबार नै एउटा बिवाहको लागि अग्रिम बुकिङ भएको बताए । एक दिनको बग्गी रिजर्वको लागि चालक सहित करिब ८० हजार शुल्क लाग्ने प्रालिले जनाएको छ । छोटो समय बग्गी सवार गर्नेलाई न्युनतम एक हजार शुल्क लिने गरी बग्गी सवारका विभिन्न प्याकेज ल्याउने शर्माले जनाए ।

नेपाल विजनेश एण्ड ईमिगे्रेसन फ्यासिलिटेड प्रालिको नामबाट विगत १७ बर्ष देखि विदेशी लगानीको लागि परामर्श दिदै आएका शर्माले नेपालमा बग्गी व्वसायको राम्रो सम्भावना देखेर काठमाण्डौं, पोखरा हुदै बुटवलमा समेत यो सेवा विस्तार गर्ने लक्ष्य राखेका छन । पोखरा विमानस्थलबाट देखि पोखराका होटलहरुमा पर्यटकहरुलाई पुराउन पनि उक्त बग्गी सेवा संचालन गरिने भएको शर्माले जनाए । प्रालिले काठमाण्डौं र पोखरामा बग्गी व्यवसाय संचालन गर्न करिब ४० लाख लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा