माधव बेल्वासे | असोज ३०, (चन्द्रौटा) कपिलवस्तु | सडकका छेउछाउमा रहेका घरहरु छिलिमिली देखिन्छन । तिहार नजिकिए सगै व्यापार गर्न आउनेहरुको सख्या पनि वढदो छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे | असोज ३०, (चन्द्रौटा) कपिलवस्तु | सडकका छेउछाउमा रहेका घरहरु छिलिमिली देखिन्छन । तिहार नजिकिए सगै व्यापार गर्न आउनेहरुको सख्या पनि वढदो छ । "/>

2026-09-15 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिहारमा पलास्टिकका मालाले वजार सजायो


माधव बेल्वासे | असोज ३०, (चन्द्रौटा) कपिलवस्तु | सडकका छेउछाउमा रहेका घरहरु छिलिमिली देखिन्छन । तिहार नजिकिए सगै व्यापार गर्न आउनेहरुको सख्या पनि वढदो छ । सडकको किनारमा व्यापारीहरु पलास्टिकका माला लिएर व्यापार गरिरहेका छन, टाढावाट हेर्दा सजिएको मालाले वजारको मुहार नै फेरीएको छ । चाडपर्व नजिकिएसगै व्यापार भर्न आउनेहरु पनि वढि देखिन्छन । वजारमा भिडभाड रहेको हुन्छ कतिपय गाडिहरु पनि सजिएर चलेका छन । 

यसै अवशरमा कतिपय पसलहरुमा तिहारका देउसि भैलोका गितहरु गन्जिरहेका छन ।साझ पख सवैको घरमा झिलिमिलि छाएको छ ।उता तिहारमा कपडा मिठाईको व्यापार पनि वढेको छ । तिहारमा दाजुभाई टिका लगाइदिएपछि मिठाई खान दिने र कपडा दिने चलन रहेको हुदा व्यापार वढेको व्यापारिहरु वताउछन ।

फूलको पर्वले परिचित तिहारमा फूलकै अभाव भएको देखिएको छ । पछिल्लो समयमा घरगाउमा समेत फुल छैन ।ढकमक्क फुल्ने सयपत्रि र मखमली फुल लोपन्मुख वन्दै गएको छ । भाइटीकाको दिन चेलीबाट निधारमा सप्तरङ्गी टीका र गलाभरि माला पहिरिएर हिड्दा तिहार फूलकै पर्व हो भन्ने गरिएपनि अहिले फुलको विकल्पको रुपमा पलास्टिकका माला वजारमा आएका छन । सयपत्रिको विकल्पमा प्लास्टिकको माला प्रगोग गर्ने क्रम वर्षेनी बढ्दो छ ।गाउघरका करेसावारी तथा अन्य ठाउमा ढकमक्क फुल्ने सयपत्रि फूल अहिले दखिन छाडेको छ ।

पहिला व्यापारीहरु पनि गाउघरमा पुगेर फुलका माला ल्याउने गर्दथे तर अहिले कतै  नपाइने भएकोले पलस्टिकका माला ल्याउने गर्दछन । अहिले तिहारलाई लक्षीत गरी ब्यापारीहरुले प्लास्टीकका माला भारतबाट ल्याएका छन् । जिल्लाको तौलिहवा, कृष्णनगर, चन्द्रौटा लगायतका बजार तथा जिल्लाका बिभिन्न स्थानमा लाग्ने साप्ताहिक हाट बजारमा रंगीचंगी प्लाटिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन् । तिहारमा भाडाकुडा, बिभिन्न रंग,ओकर लगायतको कारोवारमा समेत बृद्धि भएको ब्यापारीहरु बताउन् । अन्य समय भन्दा अहिले बजारमा भाडाको ब्यापार बढेको हो ।अरु समयमा फाटफुट मात्र ब्यापार हुने तौलिहवा, कृष्णनगर, चन्द्रौटा लागायतका बजारहरुमा माला तथा भाडाका पसलमा निकै भीडभाड बढेको देखिन्छ । कपिलवस्तु चन्द्रौटाका व्यापारी विजय कसैधनले फुलको माग वढेपनि पाइन छोडेकाले पलास्टिकका माला ल्याएको वताए । कशौधनले भने “माग वढेपनि फुल पाइदैन त्यसैले पलास्टिकै माला खरिद गर्छौ”

वजारका थुप्रै पसलमा प्लास्टिकका माला झुन्डिएको देखिन्छ । त्यस्तै अर्का व्यवसायी दिनेश गुप्ताले  पनि तिहारका लागि प्लास्टिकको माला ल्याइ्इसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ