कात्तिक १५, काठमाडौँ | उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १५, काठमाडौँ | उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन्"/>
२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कहिलेसम्म कलंकीमा जाम ? अब पाँच महिनामै सकिदैछ काम

२०७४, १५ कार्तिक बुधबार ०४:२९

कात्तिक १५, काठमाडौँ | उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । यसका लागि मात्रै पाँच महिना कुरे पुग्छ ।

चीन सरकारको सहयोगमा कलंकी चोकस्थित निर्माणाधीन ‘अन्डरपास वे’को निर्माण कार्य आउँदो मार्चसम्ममा पूरा हुने निश्चित भएपछि यात्रुले यो सुविधा उपभोग गर्न पाउने भएका हुन् । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार निर्माणाधीन ‘अन्डरपास वे’ को सम्पूर्ण कार्य अबको पाँच महिनाभित्र सकिनेछ ।

आयोजनाका प्रमुख ज्ञानेन्द्रकुमार झाले ‘अन्डरपास वे’को निर्माण कार्य द्रुत गतिमा अघि बढेको बताए । उनले भने, ‘कलंकी चोकस्थित ‘अन्डरपास वे’ दु्रत गतिमा निर्माण हुँदैछ । मार्च सम्ममा सवै काम सक्ने गरि काम हुँदैछ । पो पास वे बनेपछि कलंकी चोकमा हुने घण्टौंको सवारी जाम शुन्यमा झर्नेछ । यात्रुले बिना झण्जट यात्रा गर्न सक्नेछन् ।’

आयोजनाका अनुासर ‘अण्डरपास वे’को निर्माण कार्य १० महिना अघिबाट सुरु गरिएको हो । यस अवधिमा ठेकेदार कम्पनीले ४० प्रतिशत काम सम्पन्न गरिसकेको छ । बाँकी ६० प्रतिशत काम भने अवको पाँच महिनाभित्र सम्पन्न हुनेछ ।

आयोजना प्रमुख झाले भने,‘गएको १० महिनामा ठेकेदार कम्पनीले ४० प्रतिशत काम सकेको छ । यो अति जटिल काम हो । किनकी यस अवधिमा ‘अण्डरपास वे’को ‘वेसमेन्ट’ राख्ने काम भयो । बाँकी रहेको ६० प्रतिशत काम निक्कै सजिलो छ । यो अवको पाँच महिना भित्रै सकिनेछ ।’

निर्माण अवधिको १० महिनामा ठेकेदार कम्पनीले ‘अण्डरपास वे’को खसिबजार तर्फ ‘क्लीयर’ गरिसकेको छ । यस तर्फ अव कलोपत्रे गर्न मात्रै बाँकी छ । ‘अण्डरपास वे’को माथिल्लो भाग पनि लगभग निर्माण भइसकेको छ । अव सितापाइला तर्फको भाग मात्रै ‘क्लीयर’ हुन बाँकी छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह