२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आन्तरिक उडानको भाडा बढ्यो (कहाँ जान कति खर्च लाग्छ ?)

२०७४, २४ मंसिर आईतवार १७:२४

मङ्सिर २४, काठमाडौँ (रासस) | वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । 

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि हवाई भाडा बढाउनुपरेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिनुभयो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु चार वा सोभन्दा बढी घटबढ भएमा त्यहीअनुसार भाडा घटाउन तथा बढाउन सक्ने व्यवस्थाअनुसार बढाउने निर्णय भएको छ । यही २२ गते निगमले आन्तरिक इन्धनको मूल्य प्रतिलिटर रु पाँच बढाएको थियो । 

संघका अनुसार धनगढीका लागि सबैभन्दा धेरै भाडा प्रतियात्रु रु २२० बढेको छ । यसअघि पुरानो भाडादर रु १२ हजार १०० रहेकामा अब १२ हजार ३२० कायम भएको छ । 

त्यस्तै सिमराका लागि सबैभन्दा कम प्रतियात्रु रु ४५ ले भाडा बढेको छ । पुरानो भाडा रु तीन हजार ९५० रहेकामा अब चार हजार १० कायम भएको छ । 

भाडा सूचीसहित तल उल्लेख गरिएको छ" 

स्थान: माउण्टेन

पुरानो भाडादर: १० हजार ८५०

बढेको शुल्क: १७०

नयाँ भाडादर: ११ हजार २० 

स्थान: भैरहवा 

पुरानो भाडादर: ५ हजार ९५०

बढेको शुल्क: १०५

नयाँ भाडादर: ६ हजार ५५ 

स्थान: भरतपुर  

पुरानो भाडादर: ३ हजार ४५०

बढेको शुल्क: ५५

नयाँ भाडादर: ३ हजार ५०५ 

स्थान: विराटनगर  

पुरानो भाडादर: ७ हजार १००

बढेको शुल्क: १२०

नयाँ भाडादर: ७ हजार २२० 

स्थान: पोखरा 

पुरानो भाडादर: ४ हजार ६५०

बढेको शुल्क: ८०

नयाँ भाडादर: ४ हजार ७३०  

स्थान: नेपालगंज  

पुरानो भाडादर: ९ हजार ४००

बढेको शुल्क: १६५

नयाँ भाडादर: ९ हजार ५६५

स्थान: भद्रपुर 

पुरानो भाडादर: ८ हजार ६००

बढेको शुल्क: १५०

नयाँ भाडादर: ८ हजार ७५०

स्थान: सिमरा 

पुरानो भाडादर: ३ हजार पाँच ४५

नयाँ भाडादर: ३ हजार ४५

स्थान: धनगढी  

पुरानो भाडादर: १२ हजार १००

बढेको शुल्क: २२०

नयाँ भाडादर: १२ हजार ३२० 

स्थान: जनकपुर 

पुरानो भाडादर: ३ हजार ९५०

बढेको शुल्क: ६०

नयाँ भाडादर: ४ हजार १० 

स्थान: तुम्लिङ्गटार 

पुरानो भाडादर: ५ हजार ६२५ 

बढेको शुल्क: ९५

नयाँ भाडादर: ५ 

हजार ७२० 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी