2026-11-02 01:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा लघुजलविद्युत् आयोजना बन्द हुँदा अन्धकारमा बस्न बाध्य

पुस १२, बैतडी । आर्थिक अभावमा बैतडी र दार्चुलाका अधिकांश लघुजलविद्युत् आयोजना धमाधाम बन्द हुँदै गएका छन् । 

लघुजलविद्युत् आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका–१ शर्मोलीका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् । 

लेकम गाउँपालिका–१ चौडमा रहेको ११.५ किलोवाट क्षमता भएको दानुगाड लघुविद्युत् आयोजना पाँच महिनादेखि बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका स्थानीय मानबहादुर कार्कीले जानकारी दिनुभयो । लघुजलविद्युत् आयोजना बन्द हुँदा मोबाइल चार्ज गर्न समस्याका साथै विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ । 

तीन वर्ष अगाडिदेखि सञ्चालनमा दानुगाड लघुविद्युत् आयोजना बेलाबेलामा बन्द हुने समस्याले गर्दा समस्या भएको छ । 

विद्युत् सेवा सञ्चालनमा रहेका बेला पनि कुनै बेला कम भोल्टेज कुनै बेला बढी भोल्टेजको विद्युत् प्रवाह हुने गरेको लेकम गाउँपालिका–१ सेजालीका कमला कार्कीे जानकारी दिनुभयो । भोल्टेजमा घटबढ हुँदा मोबाइल सेट, चिम तथा बल्बका साथै विद्युतीय उपकरण बिग्रिने गरेको छ उहाँले भन्नुभयो, “महिलाले घरायसी काम गर्न राति अबेर तथा बिहान सबेरै उठ्नुपर्ने भएकाले बिजुली बन्द हुँदा समस्या हुने गरेको छ ।” 

पाँच महिनादेखि लघुजलविद्युत् आयोजना बन्द हुँदा लेकम गाउँपालिका–१ का सेजाली, चौड, वित्थड, भरणकोटका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । 

तीन वर्षअघि राजाकोट युवा क्लबको पहल तथा गरिबी निवारण कोषको रु ३९ लाख तथा साविकको शर्मोली गाविसको रु दुई लाख गरी कूल ४१ लाखमा आयोजना सम्पन्न भई सञ्चालनमा आएको थियो । 

गत भदौमा मेसिनमा खराबी आएकाले मर्मत गर्न आर्थिक समस्या रहेको दानुगाड लघुजलविद्युत् आयोजनाका अध्यक्ष जनार्दन भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका आर्थिक सहयोगका लागि अनुरोध गरेका छौँ, सहयोग पाएमा छिट्टै मर्मतको तयारीमा छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार