2026-09-14 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली करिडोरको ६६ किलोमिटर सडकको काम सकियो

पुस १६, कालिकोट । कर्णाली करिडोरअन्तर्गत खुलालु–सिमीकोट सडकखण्डको ६६ किलोमिटर सडकखण्डको निर्माण कार्य पूरा भएको छ । 

कालिकोटको लालीघाटदेखि घाटपारीचौर ३३ किलोमिटर र बाजुराको राताडाँडादेखि अर्थुगेचौरसम्म ३३ किलोमिटर सडक निर्माण भएको हो । कर्णाली करिडोर अन्तर्गतको १ सय ९६ किलोमिटर सडकखण्डमध्ये खुलालु–सिमीकोट ६६ किलोमिटरमा गाडी सञ्चालन गर्न सकिने नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ ।

कर्णाली करिडोर अन्तर्गतको हाल लालीघाटदेखि घाटपारीचौर सम्मको ३३ किलोमिटरमा गाडी सञ्चालनमा रहेको अन्य ठाउँमा निर्माण कार्य पुरा भएको भुक्काखोलाको भीर फोडेमा करिब ७० किलोमिटरसम्म गाडी सञ्चालन गर्न सकिने नेपाली सेना निर्माण कार्यदलका इन्द्रवीर गुरुङ्गले बताए । ‘भुक्काखोलादेखि तोलीभीरसम्म ४ किलोमिटर भीर फोड्न बाँकी रहेको छ’ उनले भने,‘यो भीर फोडियो भने ७० किलोमिटरसम्म निर्माण कार्य पुरा हुनेछ । अहिलेसम्म ६६ किलोमिटर कार्य पूरा भएको छ ।’

कर्णाली करिडोर निर्माण नेपाल सरकारले १ अर्ब ४८ करोड ११ लाख १६ हजार बजेट रहेको छ । कर्णाली करिडोरको १ सय ४५ किलोमिटर खुलालुदेखि हुम्लाको सलिसल्लासम्म नेपाली सेनालाई निर्माण जिम्मा दिइएको छ भने सलिसल्लादेखि हुम्लाको सिमीकोटसम्म ५१ किलोमिटर सिमीकोट हिल्सा सडक आयोजनाको जिम्मा दिइएको छ । 

हिल्सा सिमिकोट सडकखण्ड पनि छोटिँदै कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमकोट खण्ड छोटिँदै गएको छ ।

९५ किलोमिटर लम्बाइ भएको यो खण्डमा हिल्सादेखि दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म १५ किलोमिटर सडकमा ट्रयाक खुलेपछि गाडी आउजाउ गर्न थालेका छन् । 

सडक आयोजना प्रमुख विजयकुमार थापाका अनुसार तुम्कोटस्थित कर्णाली नदीमा यो वर्ष ‘बेलिब्रिज’ निर्माण भएपछि हिल्सादेखि ओखरथलासम्म गाडी चल्न सहज भएको हो । ओखरथलामा गत वर्षमै ट्रयाक खुलिसकेको थियो ।

यसअघि कर्णाली नदीको पुल नबन्दा हिल्सादेखि तुम्कोटसम्म ३८ किलोामिटर मात्र गाडी गुड्ने गरेका थिए । हिल्सा सिमीकोट सडकखण्डको ९ किलोमिटर मात्र निर्माण हुन बाँकी रहेको रहेको थापाले बताए । 

‘हिल्सादेखि ओखरथलासम्म सडक खुलेपछि स्थानीय बासिन्दाका आधा दर्जन गाडी गुड्ने गरेको छ’ उनले भने, ‘अहिले आधा दर्जन गाडी गुड्न थालेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले