2026-09-14 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटका गाउँमा बैंक नहुँदा स्थानीय तह समस्यामा

पुस १७, कालीकोट । कालिकोट सदरमुकाम मान्ममा आधा दर्जन बैंक तथा वित्तीय संस्था रहेको कालिकोटका ग्रामीण भेगमा बैंक नहुँदा स्थानीय तह समस्यामा छन्। 

सरकारले सबै तहमा बैंक पु¥याउने भने पनि भौतिक पूर्वाधारको कमी र भरपर्दो सुरक्षाको अभावमा बैंक गाउँ नगएका हुन्। सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाको १ नं वडामा मात्र २ सरकारी, ४ नीजि र २ वित्तीय कारोबार गर्ने आईएमई छन्।

५ वटा सहकारीले पनि बचत संकलन गरिरहेको छन्। मान्म बाहिर जुम्लाको सिमानामा रहेको नाग्म बजारमा इन्भेस्टमेन्ट बैंकको शाखा रहे पनि अन्यत्र कतै बैंक छैनन्। बैंक नहुँदा सबै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता नगद कारोबार गर्न सदरमुकाम मान्म आउन बाध्य छन् । बैंककै कारण यहाँका सबैजसो स्थानीय तहका जनप्रतिनिधिहरूले सदरमुकाममै अस्थायी कार्यालय बनाएका छन्।

गाउँमा बैंक नहुँदा स्थानीयलाई सास्ती भएको सुनाउँदै रकम लैजान असुरक्षाका कारण डराउनुपर्ने अवस्था छ। ६ वर्षअघि सदरमुकामबाट योजनाको १२ लाख रकम लिएर गाउँ जाने क्रममा धौलागोहमा उपभोक्ता समितिकै व्यक्तिले साथीलाई भीरबाट खसालेर रकम लुट्ने असफल प्रयास गरेका थिए। सशस्त्र द्वन्द्व र सडक नहुँदासम्म राष्ट्रिय वाणिज्य बैंकले मात्र नगद कारोबार गर्ने कालिकोटमा हाल कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएई बैंक, टुरिजम डेभलपमेन्ट बैंक, एनआईसी एसिया बैंकले मान्ममा सेवा प्रवाह गरिरहेका छन् ।

यहाँको रास्कोट र तिलागुफा नगरपालिका पनि बैंकिङ कारोबारका लागि खाँडाचक्र नगरपालिकामा रहेको मान्म बजार पुग्न बाध्य छन्। विकटमा पर्ने पलाता, सान्नी त्रिवेणी, नरहरिनाथ, कालिका र महाबै गाउँपालिकामा पनि एउटै बैंक छैन।

बैंक गाउँ जाने भने पनि अहिलेसम्म कुनै सुरसार नभएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्मरबहादुर शाही डीबीले बताए। उनले बैंक अभावमा योजना कार्यान्वयन गर्न र जनतालाई सेवा दिन कठिनाइ भएको सुनाए। गाउँमा बैंक नहुँदा नगद कारोबार गर्न कठिनाइ भएको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन्।

उनको गाउँपालिकामा साविकका लालु, माल्कोट, रुप्सा, कुमालगाउँ र कोटवाडा गाविस पर्छन्। ‘गाउँमा बैंक छैनन्’ बुढाले भनिन्, ‘सानोतिनो कामका लागि पनि सदरमुकाम जानुपर्दा खर्च बढी हुने गरेको छ।’ 

उनले बैंकिङ शाखा विस्तारका लागि सानिमा बैंक र गाउँपालिकाबीच सहमति भए पनि सुरक्षा र यातायात नहुँदा बैंक गाउँ जान नसकेको बताइन्। बैंक बस्ने भवन भाडामा खोज्न सकिने भए पनि त्यहाँसम्म नगद पु¥याउन कठिनाइ भएको सुनाइन्।

गाउँमा बैंक नहुँदा यहाँका ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र बालबालिकाको सामाजिक सुरक्षा भत्ता वितरणमा पनि कठिनाइ भएको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ। 

‘बैंक खाताबाट रकम भुक्तानी दिँदा रकम पारदर्शी हुन्थ्यो’ कालिका गाउँपािलका अध्यक्ष खडानन्द चौलागाईले भने, ‘गाउँमा बैंक छैन्, सदरमुकाम पुग्न सक्दैनन्’ उनले थपे, ‘नगद वितरण गर्दा कतिपय ठाउँमा अनियमितताको पनि सम्भावना हुन्छ।’ उनले गाउँमा बैंक जान सडक, विद्युत्, सञ्चार र सुरक्षा अत्यावश्यक रहेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले