Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ पुष २१ गते, बिहान १०:०४ बजे अर्थ/विकास, बैतडी - BTD

बैतडीको पत्ताल भुमेश्वरमा मूलगेट बनाउँदै प्रवासी युवा

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस २१, बैतडी (रासस) | बैतडीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वरको मुख्य प्रवेशद्वार सुर्नया गाउँपालिका– २, सिउडेमा बिहीबार मूल गेटको शिलान्यास गरिएको छ ।

सुर्नया गाउँपालिका वडा नं २ का वडाध्यक्ष हर्कबहादुर पाण्डेय र समाजसेवी तथा पिजास देवताका धामी धनबहादुर चन्दले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।

प्रवासमा रहेका बैतडीका युवाले सामाजिक सञ्जालबाट संकलन गरेको रकमबाट उक्त गेट निर्माण हुन लागेको हो । प्रवासमा रहेका युवाले हालसम्म रु दुई लाख दुई हजार ५८ संकलन गरेका छन् भने संकलन कार्य जारी राखेका छन् ।

मूलगेटको शिलान्यास कार्यक्रमपश्चात् बोल्नुहँुदै सुर्नया गाउँपालिका–२ का वडाध्यक्ष हर्कबहादुर पाण्डेयले रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा सम्वद्र्धनका लागि सामाजिक सञ्जालबाट आर्थिक संकलन कार्य निकै सह्राहनीय कार्य भएको बताउनुभयो ।

सुर्नया गाउँपालिका–२ मा रहेको नेपालकै गहिरो पत्ताल भुमेश्वर गुफा रहेको तथा धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रचारप्रसारका लागि मलेसिया, कतार तथा भारतमा रहेका युवाले गत मंसिर १५ गतेदेखि पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाइन अभियान नाम दिएर उक्त रकम संकलन गरेका हुन् ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलको सम्बन्धित निकायले संरक्षण, विकास, प्रवद्र्धन तथा प्रचारप्रसार गर्न स्थानीय तह तथा सम्बन्धित निकायले खासै पहल नगर्दा प्रवासमा रहेका युवा एकजुट भएका हुन् ।