2026-10-14 11:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारीको साधारण सभा सम्पन्न

पुस २१, सुर्खेत | श्री साझा बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । प्रमुख अतिथि  धुव्रकुमार शाहीले सहकारी सामुहिक भावनाले सिर्जना भएको साझा व्यवसाय भएकाले सबैको सक्रियता जरुरी भएको बताए । सदस्यहरुको निस्कृयताको फाइदा केही सञ्चालकहरुले लिन सक्ने भएकाले सदस्यहरु सहकारीप्रति सकृय हुनु पर्नेमा जोड दिए । सहकारीका बिषयमा नागरिकहरुलाई सशक्तिकरण गर्न सके मुलुकको अर्थ व्यवस्था सुधार गर्न मद्यत पुग्ने विश्वास उनले गरे ।

कार्यक्रमका बिशेष अतिथि अमृत कुमार बिसीले सहकारी संस्थाले बचत संकलन र ऋण लगानी संगसंगै  संस्थाका शेयर सदस्यहरुको आर्थिक एवम् सामाजिक बिकास सम्बन्धि अवधारणलाई लैजानु पर्ने बताए । साभधारण सभाले संस्थाका कोषाध्यक्ष ओमजंग रोकायले पेश गरेको आ.व २०७३/०७४ को कुल १६ करोड बराबर आर्थिक कारोबारो र चालु आर्थिक बर्षको १९ करोड बराबर लक्ष्यसहितको  आर्थिक प्रतिवेदन पारित गरेको छ ।

संस्थाले सातौं वार्षिक साधारण सभाको अवसरमा २ जना असल बचतकर्ता, २ जना असल ऋणी, १ जना जेष्ठ नागरिकलाई सम्मानसहित प्रशंसा पत्र प्रदान गरेको छ । संस्थाको उत्कृष्ठ कर्मचारी पुष्पाकुमारी थापालाई नगद सहित प्रशंसा पत्र प्रदान गरिएको छ ।

संस्थाका अध्यक्ष श्री मदनबहादुर खड्काको अध्यक्षतामा भएको साधारण सभामा नेपाल पत्रकार महासंघका उपाध्यक्ष ललित गाहा, हिमाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बीरबहादुर रावत, बीरेन्द्रनगर नगरपालिका वडा.न ९ का प्रतिनिधि जीवनकुमार शर्मा, जिल्ला उद्योग व्यपार संघ सुर्खेतका अध्यक्ष सुर्यबिक्रम थापा र अटो व्यवसाय संघ सुर्खेतका अध्यक्ष इन्द्रबहादुर थापालगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने