४ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोस्रो चौमासिकको तलब नपाउँदा जुम्लाका शिक्षक मर्कामा

२६ पुष २०७४, बुधबार ०३:५४

पुस २६, जुम्ला । यहाँको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता खान पाएका छैनन् । 

गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब खान नपाएका हुन् । दोस्रो चौमासिकको तलब भत्ता खान नपाउँदा शिक्षकले आफू मर्कामा परेको बताएका छन् । वर्षेनी दोस्रो चौमासिक तलब भत्ता पुसको दोस्रो साताभित्र खाएर घर व्यवहार चलाउँदै आएको तर यो वर्ष गाउँपालिकाले झण्डै फागुनतिर पाउने भनेपछि उनीहरु समस्यामा परेको कोइलीचरी मावि, लुमगाउँका शिक्षक मानबहादुर सिंहले बताउनुभयो । 

“सरकारले सात महिना अघि शिक्षकलाई निजामती कर्मचारीलाई झैँ मासिक तलब दिने कुरा अखबारमा आएको थियो, आखिर सात महिनापछि चौमासिक तलब खानसमेत पाउने अवस्था आएन,” दुखेसो गर्दै शिक्षक सिंहले भन्नुभयो । तलब खान नपाउँदा शिक्षकका आफ्ना आवश्यकता परिपूर्तिमा बिर्को लागेको उहाँको भनाइ छ । 

जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्ठले विनियोजन विधेयकले एक तिहाइ खुवाउने भनेकाले शिक्षकलाई तलब खुवाउन समस्या भएको बताउनुभयो । “यो समस्या जिल्लाका आठै स्थानीय तहमा छ, चैतमा सोधभर्ना गर्नेगरी विभिन्न शीर्षकबाट मिलाएर अन्य स्थानीय तहले खुवाएको र कनकासुन्दरीले त्यसो नगरेको हुनसक्छ” जिशिअ श्रेष्ठले भन्नुभयो । 

सरकारले प्रेसरमा बजेट निर्माण गर्दा पनि यो समस्या आएको उहाँको भनाइ छ । उहाँका अनुसार स्थानीय तहको पहिलो अभ्यास र गाउँपालिका अनुसारका शिक्षकको सबै तहको तथ्यांक अध्यावधिक नभएकाले अहिले यो समस्या देखिए पनि आगामी वर्ष व्यवस्थित हुनेछन् । 

शिक्षकले प्रत्येक चौमासिकको तलब बेलैमा पाउन नसक्नुको कमजोरी गाउँपालिकाको नभई मन्त्रालय भएको सो गाउँपालिकाका स्रोत व्यक्ति नारायण चौलागाईंले औँल्याउनुभयो । स्रोत व्यक्ति चौलागाईंले भन्नुभयो, “यो गाउँपालिकाका जम्मा २६ विद्यालयका १०७ जना शिक्षक समस्या परेका छन् । 

पहिलो चौमासिकमा पनि रु ४१ लाख अपुग हुँदा मिलाएर खुवाइएको उहाँले बताउनुभयो । अहिले तलब खुवाउनै पर्दा रु एक करोड ८१ लाख आवश्यक बजेटमा रु ३१ लाख अपुग हुने उहाँको भनाइ छ । 

उक्त गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपालीले शिक्षकको समस्यालाई बेलैमा सम्बोधन गर्न प्रयास भएको जनाउनुभयो । 

अपर्याप्त निकासाका कारण पहिलो चौमासिकसहित दोस्रो चौमासिकमा यही समस्या बल्झेको उहाँले बताउनुभयो । यो समस्याले केही समय लिने भएपनि समाधानका लागि प्रयासरत रहेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इराक पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ बुढीगण्डकी किनारमा एक वृद्धको शव फेला क्यानडा र माल्टा पठाउने भन्दै ठगी गरेको आरोपमा २ पक्राउ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय राजावादीलक्षित प्रधानमन्त्रीको कविता – शहरमा खोजि भैरहेछ हराएको मूर्तिको, खाजि भै रहेछ भाइ‌माराको… बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज ‘आउटलः दफा २१९’ ले ४ दिनमा कमायो कति ? पाकिस्तान सुपर लिग त्यागेर आइपिएल टिम मुम्बई रोज्दा दक्षिण अफ्रिकी खेलाडी कानुनी झमेलामा प्रचण्डको प्रष्टीकरण– ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन मोटरसाइकल चालकलाई जोगाउन खोज्दा पल्टियो बस, १४ जना घाइते चोकको नाम राख्ने विषयमा धनुषामा विवाद, प्रहरीले चलायो गोली, एक युवक गम्भीर घाइते  च्याउ खाँदा बिरामी परेका १० मध्ये एकको मृत्यु, एक गम्भीर नयाँ सरकार गठन हुने भ्रममा पर्नुहुँदैन : कांग्रेस प्रमुख सचेतक घिमिरे दुगडका कम्पनीले कर नतिरेको सूचना निकालेकै दिन ओलीविरुद्ध रावलका ५ आरोप फोटो जलाउनेलाई पक्राउ गर्दा पपुलारिटीका लागि प्रचण्डले विरोध गरे, यो उनको पुरानै शैली होः महेश बस्नेत ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एक जना पक्राउ अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ