२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२४ औं ‘सुविसु क्यान इन्फोटेक-२०१८ माघ ११ गतेदेखि

२०७४, ७ माघ आईतवार १५:५२

माघ ७, काठमाडौं । २४ औं ‘सुविसु क्यान इन्फोटेक-२०१८’ माघ ११ गतेदेखि  भृकुटीमण्डपमा हुने भएको छ । 

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी क्यान महासंघले मेलाको लागि गरिने सबै तयारी पूरा भएको जनाएको छ ।

क्यान इन्फोटेक २०१८ मा विभिन्न नयाँ र आविश्वकारिक सामाग्री तथा सेवाहरु प्रदर्शन गरिने जानकारी क्यानले दिएको छ ।क्यानले नेपाली सफ्टवेयरहरुको प्रबद्र्धन गराउने उदेश्यका साथ छुट्टै सफ्टवेयर प्याभिलिएन निर्माण गरिएको जानकारी समेत दिएको हो ।


क्यान महासंघका महासचिव रन्जीत कुमार पोदारले नेपाली सफ्टवेयर कम्पनीद्धारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधि प्रदर्शन गर्नका लागि छुट्टै प्याभिलियन निर्माण गरिएको बताए ।

आयोजकका अनुसार मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ् प्रदर्शनी कक्षहरु रहनेछन् । साथै, ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुडस्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहने छन् ।

जसमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहने  क्यान महासंघले जनाएको छ ।

माघ १६ गतेसम्म सञ्चालन हुने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर सोलुसन्सजस्ता कक्ष रहने बताइएको छ ।

सरकारी विद्यालयबाट मेलाका लागि अवलोकन गर्न आउने विद्यार्थीको नामावली उपलब्ध गराएमा उनीहरुलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिए ।

मेला अवलोकनका लागि सर्वसाधारणका लागि १ सय रुपैयाँ तथा विद्यार्थीहरुका लागि ५० रुपैयाँ तोकिएको क्यान महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय