२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रास्कोट नगरपालिकाले सडकको मापदण्ड तोक्यो

२०७४, ९ माघ मंगलवार १६:५३

माघ ९, कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले नगरभित्रको सडकको मापण्ड तयार पारेको छ । 

रास्कोट नगरपालिकाका मेयर काशीचन्द्र बराललको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरभित्रको सडकको मापदण्ड तयार पारेको रास्कोट नगरपालिकाका प्रवक्ता टक्क फर्सालले जानकारी दिए । 

उनका अनुसार नगरभित्रका मुख्य सडकहरुको चौडाई १२ मिटर र सहायक सडकको चौडाई ८ मिटर अनिवार्य हुनुपर्ने नगरपालिकाले निर्णय गरेको छ ।

रास्कोट नगरपालिकाका मुख्य सडक र आसपासका सडकहरुको मापदण्ड मिचेर बनाईएका घर, टहराहरु तथा अन्य भौतिक संरचनाहरु हटाउने निर्णय समेत भएको छ । 

नगरपालिकाका प्रवक्ता फर्सालका अनुसार भिडिसेफ नेपालको सामाजिक परिचालनमा ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको शान्निघाट, स्यूना, सिपखाना १८ किलोमिटर सडकखण्ड यही माघ १७ गते नेपालका लागि वेलायती राजदुतको उपस्थितिमा नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको जानकारी गराउँदै उक्त कार्यक्रमलाई भव्यनिर्णय समेत गरेको छ ।

रास्कोट नगरपालिकाको क्षेत्रभित्र ग्रामीण पहुँच कार्यक्रमले कालिकोट जिल्लामै नमूना सडक निर्माण गरेको भन्दै यसले रास्कोट नगरपालिकाको राजनीतिक र आर्थिक विकासमा ठुलो सहयोग पुगेको उनले बताए । नगर कार्यपालिकाको बैठकले नगरको प्रवक्तामा रास्कोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष टक्क फर्साललाई तोकेको छ ।

बैठकमा नगरपालिकाभित्रका तीन वटै स्वास्थ्य संस्थाका व्यवस्थापन समिति विघठन गरी स्वास्थ्य चौकी स्यूनाको स्तरबृद्धि गरी यही माघ १५ गतेदेखी प्रयोगशाला सेवा पनि संचालन गर्ने निर्णय भएको छ । 

नवनियुक्त प्रवक्ता फर्सालका अनुसार नगरपालिकाभित्र रहेका सबै विद्यालयहरुमा शैक्षिक सुधारका लागि अनुगमनलाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी