२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मर्मतको अभावमा खानेपानी आयोजना बन्द हुने अवस्थामा

१७ माघ २०७४, बुधबार ०८:०३

माघ १७, पोखरा | कास्कीस्थित भरतपोखरी, निर्मल पोखरी र कुस्ती नाच्नेचौरमा सञ्चालित खानेपानी आयोजनाको पाइपलाइन मर्मत नहुँदा बन्द हुने अवस्थामा पुगेको छ । 

कास्कीको छोरेपाटनदेखि कृस्ती, निर्मलपोखरी, भरतपोखरी हुँदै लामे आहाल जोड्ने सडक राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत स्तरोन्नति गर्ने क्रममा मुहानदेखि मुलटंकी र त्यहाँबाट वितरित अन्य पाइपलाइन क्षति हुँदा खानेपानी आपूर्ति बन्द हुने अवस्थामा पुगेको हो । 

भरतपोखरी कृस्ती निर्मलपोखरी सहलगानी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता संस्थाका अध्यक्ष दाताराम आचार्यकाअनुसार जिल्ला प्राविधिक कार्यालय कास्कीबाट गरिएको प्राविधिक मूल्यांकनबाट सडक स्तरोन्नतिका क्रममा रु एक करोड पाँच लाख ४८ हजार ८३३ बराबरको खानेपानी पाइप लाइनमा क्षति हुनपुगेको छ । 

सडक स्तरोन्नतिका क्रममा सरोकारवालाबीच छलफल नै नगरी जथाभावी खन्दा पाइपलाइनमा क्षति भएको बताउँदै उहाँले क्षतिपूर्ति सम्बन्धमा विभिन्न चरणमा राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम आयोजनामा जानकारी गराइए पनि त्यसतर्फ बेवास्था गरिएको बताउनुभयो । 

न्यूनतमरुपमा खानेपानीको आपूर्ति सञ्चालनार्थ रु ३१ लाख १४ हजार ३७७ तत्काल मर्मतका लागि आवश्यक देखिएको बताउँदै उहाँले मर्मत नभएमा खानेपानी सञ्चालन पूर्णरुपमा बन्द हुने अवस्थामा रहेको उल्लेख गर्नुभयो । 

खानेपानीको आपूर्ति नै बन्द भएपछि तत्कालीन समस्याको समाधानका लागि स्थानीय जनताको आग्रहमा पोखरा लेखनाथ महानगरपालिका–२१ कार्यालयबाट रु ३८ हजार उपलब्ध गराइएको वडा अध्यक्ष खगराज आचार्यले बताउनुभयो । 

“सडकको स्तरोन्न्ति आवश्यक भए पनि उक्त क्रममा राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम आयोजनाले सरोकारवालाबीच सहकार्य गरेको देखिएन” उहाँले भन्नुभयो, “वडा सीमित एवं अन्य योजनका लागि छुट्याइएको रकम पाइपलाइन मर्मत लगायतका लागि खर्च गर्न सक्ने अवस्था छैन ।” 

क्षति भएको पाइपलाइनको मर्मत राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम आयोजनाबाट हुनुपर्ने उहाँले बताउनुभयो । खानेपानीको चरम अभाव रहेको उक्त क्षेत्रमा सञ्चालित खानेपानी आयोजनाबाट नौ हजार ७५० जना उपभोक्ता लाभान्वित भएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग